बर्दियाका स्थानियतहहरुमा अक्सिजन सहितको शैया थप्न कोभिड–१९ संकट ब्यवस्थापन समितिको अनुरोध
- शुक्रबार बैशाख ३ , २०७८
चुरेकुञ्ज, बर्दिया । दोस्रो चरणको कोभिड—१९ को लक्षण सहितका विरामीहरु बढ्न थालेपछि स्थानियतहका कोभिड अस्पतालहरुमा अक्सिजन सहितको शैयाहरु थपगर्न अनुरोध गरिएको छ । जिल्ला कोभिड—१९ संकट ब्यवस्थापन समितिको वैठकले स्थानियतहहरुमा रहेका अस्पतालहरुमा उपचारका लागि अक्सिजन सहितका शैयाहरु बढाउन आग्रहगर्दै शुक्रवार निर्णय गरेको छ ।
समितिले स्थानिय कोभिड अस्पतालहरुमा अक्सिजन सहितको ५ शैया सहित कम्तिमा २० शैया तयारी अवस्थामा राख्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए । हामीले गत महिना कोभिड रोकथाम तथा नियन्त्रणका लागि गरेको निर्णय पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरेका छौ ।
स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनागर्दै स्वास्थ्य कार्यालय बर्दियाले तयार पारेको कोभिड—१९ संक्रमण जोखिम नियन्त्रण र रोकथाम सम्वन्धी सूचनामूलक सन्देशको सघन प्रचारप्रसार गरिने प्रजिअ सुनारले प्रष्ट्याए । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारु सल्लाहकार रहेको कोभिड संकट ब्यवस्थापन समितिले स्थानियतहलाई पूर्ण रुपमा सक्रिय बनाउने तयारी गरेको छ ।
कोभिड—१९ संकट ब्यवस्थापन समितिका निर्णयहरु ।
