गुनासो सुनुवाई गर्न ठाकुरबाबा नगरपालिकामा टोल फ्री नम्वर
- मंगलबार मङ्सिर २७ , २०७९
भिमा कंडेल, बर्दिया । न्यायिक क्षेत्रमा सहज र सरल पहँच सुनिश्चितताको लागि ठाकुरबाबा नगरपालिकाले निःशुल्क नम्बर संचालनमा ल्याएको छ । स्थानियको समस्या र गुनासो प्रभावकारी व्यवस्थापनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याईएको हो ।
ठाकुरबाबा नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को नीति बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम टोल फ्रि नम्बर १६६००८४४२००५ संचालनमा ल्याइएको जनाईएको छ । नगरवासीको गुनासो तथा समस्या समाधन गर्न सहयोग होस भन्ने उद्देश्यका साथ पैसा नलाग्ने नम्बरको प्रयोग गरिएको पालिकाले जनाएको छ ।
सम्पुर्ण ठाकुरबाबा नगरवासीहरुमा टोल फ्रि नम्बरमा सम्पर्क गरी आफुलाई परेको समस्याको बारेमा टिपोट गरी जानकारी गराउन अनुरोध गरिएको छ ।