आयुर्वेद एशोसिएसन बर्दियाको अध्यक्षमा त्रिलोकीनाथ गुप्ता
- आइतबार मङ्सिर २५ , २०७९
मुरली गोडिया, गुलरिया । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल बर्दियाको संयोजकमा त्रिलोकि नाथ गुप्ता चयन हुनु भएको छ । बर्दियाको गुलरियामा आयोजित भेलाले जिल्ला भित्र आयुर्वेदका क्षेत्रमा कार्य तथा व्यवसायगर्दै आएका ब्यवसायीहरुको भेलाले गुप्तालाई संयोजकमा चयन गरेको हो ।
गुलरियामा गरिएको प्रथम भेलाले बर्दिया जिल्लामा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल, जिल्ला उप– शाखा कार्यालय स्थापना गर्नुका साथै जिल्लामा उपशाखा तदर्थ समिती समेत चयन गर्ने निर्णय समेत गरेको अध्यक्ष गुप्ताले बताउनु भएको छ । एशोसिएसन बर्दियाको पहिलो भेलाले गुप्ताको संयोजकत्वमा ९ सदस्यिय तदर्थ समिती गठन गरेको छ । उपाध्यक्षमा सुरेश कुमार शुक्ला, सचिब कमलेश कुमार पासवान, कोषाध्यक्षमा मो.महमुद रजा मनिहार, सदस्यहरु डा पबित्रा थारु, देबेन्द्र बहादुर सिंह राठौर, बलराम गुप्ता, मिथलेस कुमार रैदास र वीर बहादुर थारु रहनु भएको अध्यक्ष गुप्ताले जानकारी दिनु भएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माको आतिथ्यतामा भएको भेलाले आयुर्बेद क्षेत्रको बिकासका लागि आबस्यक पर्ने सहयोग वडा स्तरबाट गरिने वडा अध्यक्ष शर्माले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । एक स्वतन्त्र संस्था आयुर्बेदले सबैलाई फाइदा गर्ने तथा यसतर्फ नागरिकलाई वर्तमान अवस्थानमा ध्यान दिन आवस्यक रहेकाले एकजुट भई आयुर्बेद क्षेत्रको बिकास गर्न सबैले पहल गर्नुपर्ने वडाध्यक्ष शर्माको भनाई छ ।