fbpx

लैंगिकहिंसा नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मी प्रतिवद्ध

लैंगिकहिंसा नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मी प्रतिवद्ध


मुरली गोडिया, गुलरिया । सीमा क्षेत्रमा हुने लैंगिक हिंसा रोक्न भारतीय सीमा सुरक्षा वल (एसएसवी) का सुरक्षाकर्मीहरुले ऐक्यवद्धता जनाएका छन् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत नेपाली अभियानकर्मी हरुद्वारा सीमा क्षेत्रमा आयोजित सचेतना कार्यक्रममा उनीहरुले हिंसा रोक्ने प्रतिवद्धता जनाएका हुन् ।

गुलरिया नगरपालिकाकी नगरउप्रमुख सावित्रा गौतमले सिमावर्ती क्षेत्रमा पुगी लैगिंक हिंसा नियन्त्रण गर्न आग्रह गर्नुभएको छ । शान्ति पुर्नस्थापना गृहले नगरउप्रमुखको अगुवाइमा सिमावर्ती क्षेत्रमा पुगी हिंसा निवारणका लागी भारतिय सिमा सुरक्षा बल एसएसबी समक्ष सिमा क्षेत्रमा हुने हिंसा तथा दुईदेश बीचको आपसी सदभाव कायम राख्न समन्वयको अवश्यकता रहेको बताउँदै क्याम्प प्रमुखलाई सेतो रिवन वाँधीदिनु भएको छ । शान्ति पूर्नस्थापना केन्द्र बर्दियाको सहकार्य तथा गुलरिया नगरपालिकाकी उपप्रमुख गिरीको नेतृत्वमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गणेशपुर सिमा अन्र्तगत भारतिय सिमा लौकाहीमा पुगी भारतीय सीमा सुरक्षाकर्मीसँग भेटघाट गरिएको हो ।

केन्द्रले बर्दिया जिल्लाको ४ वटा नाका गुलरियाको गणेशपुर, कण्ठपुर, सुरजपुर, मधुवनको धनौरामा सुचना केन्द्र तथा परामर्श केन्द्र खोली महिला हिंसा नियन्त्रण तथा मानवबेचविखन रोकथामका लागी कार्य गर्दै आइरहेको छ । अभियानको अवधी भरि स्थानिय जनप्रतिनिधीलाई स्वास्थ्य तथा हिंसा बारे अभिमुखीकरण, महिला स्वास्थ्य स्वंयमसेविका तथा महिलाहरुलाई विभिन्न सचेतना मुलक कार्यक्रम, रिबन वितरण, दिप प्रज्वलन एवं अन्तक्रिया कार्यक्रमहरुको अयोजना गरि अभियानमा सक्रिय सहभागीता जनाएको गृहकी प्रमुख सपना शर्माले जानकारी दिनुभयो ।

गाँउ समाजमा थुप्रै महिला बालबालिका हिंसाको सिकार हुने गरेतापनि सहज रुपमा खुल्न नसक्दा कानूनी प्रकृयामा जान जटिलता आउने गरेको उहाँको भनाई छ । शान्ति पुर्नस्थापना केन्द्रले मानववेचविखन तथा अन्य हिंसा भए सम्बन्धित निकायमा खवर गर्न सचेत पार्दै आएको छ । ग्रामिण भेगमा थुप्रै महिलाहरु आफना पिडा लुकाएर बसेको तथा संघसंस्था, प्रहरी, स्थानिय सरकार माझ आउन नसकेकाले घरघरमै पुगी विभिन्न सामाजिक समास्याबारे जानकारी दिई पिडितका लागी सवै निकाय छन भन्ने कुराको आभाष दिलाउन यस्ता अभियानहरुको अवश्यकता रहेको अधिकारकर्मीहरुको भनाई छ ।

शंकास्पद व्यक्तिलाई संस्थामा ल्याई परामर्शका माध्यमले वा प्रहरी समक्ष बुझाएर समस्या समाधान गर्ने गरेको शान्ति पुर्नस्थापना गृहले सिमा क्षेत्रका बाँके, बर्दिया कैलाली, दांग लगायत सिमावर्ति क्षेत्रका जिल्लाहरुमा काम गर्दै आइरहेको शर्माको भनाई छ । मानव बेचविखनका घटनामा फसेकाहरुको मुद्धामा लाग्ने सम्पुर्ण खर्च, बासको व्यवस्था तथा परामर्श समेत गृहले गर्छ । गुलरियामा पुर्नस्थापना गृह संचालनमा ल्याईएको शर्माले जानकारी गराउनु भयो ।

तपाइको मत