fbpx

लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन

लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन


चुरेकुञ्ज, गुलरिया । लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन गरिएको छ । बर्दियामा मंसिर ९ गतेदेखि शुभारम्भ गरिएको अभियान शनिवार औपचारिक रुपमा समापन गरिएको हो ।

गुलरियामा आयोजित कार्यक्रममा प्रमुख अतिथी गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले पाक्षिक अभियान समापनको घोषणा गर्नुभएको छ । गुलरिया नगरपालिकामा सक्रिय संघसंस्थाहरुको सहकार्यमा गुलरिया नगरपालिका महिला तथा बालवालिका शाखाले अभियान आयोजना गरेको थियो । अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी यादवले लैङगिक हिंसा रोक्न महिलाहरुलाई कुनैपनि सहयोगको आवस्यकता परे नगरपालिकाले तत्काल सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । हिंसा रोक्न महिलाहरु पनि सक्रिय रुपमा लाग्नुपर्ने उहाँको भनाई छ ।

गुलरिया नगरपालिकाबाट विभिन्न सरोकारवाला संघसंस्थाको सहभागीतामा समापन र्याली निकालिएको छ । र्यालीले बजार परिक्रमागर्दै गुलरिया नगरपालिकाको नगरभवनमा बृहत समापन कार्यक्रम आयोजना गरेको थियो । गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले लैङगिक हिंसा रोक्न घरघरबाटै शुरु गर्नुपर्ने बताएका छन् । अभियानका मार्फतबाट समुदायमा हिंसा रोक्न सचेतना पुग्ने विस्वास लिईएको छ । अभियानको १६ दिन भित्र गुलरिया नपा वार्ड नम्वर १ मा गर्भवती महिलालाई श्रीमानले कुटेर मारेको घटना घटेको छ । त्यस्तै प्रहरीमा लैङगिक हिंसाका ४ वटा ठाडो उजुरी मिलापत्र भएको प्रहरीले जनाएको छ ।

तपाइको मत