fbpx

लघुवित्तिय संस्थाहरुको ज्यादती विरूद्ध विरोध प्रर्दशन

लघुवित्तिय संस्थाहरुको ज्यादती विरूद्ध विरोध प्रर्दशन


विन्दु चौधरी, बाँसगढी । लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरूद्ध शुक्रबार बाँसगढी बजारमा बिरोध प्रर्दशन गरिएको छ । बाँसगढी नगरस्तरिय संघर्ष समिती बर्दियाको आयोजनामा विरोध र्याली गरिएको छ ।

र्यालीले बाँसगढी बजार परिक्रमा गरी किसान चोकमा कोणसभा गरेको थियो । बाँसगढी नगरस्तरिय संघर्ष समितीका अध्यक्ष दान बहादुर विकको नेतृत्तवमा निस्किएको र्यालीमा नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लेखिएका प्लेकार्ड र ब्यानर बोकेर पिडितहरु विरोधमा उत्रिएका थिए ।

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले गाउँका सोझा महिलाहरुलाई फकाई फुलाई गर्दै समूह निर्माण गर्ने र कम ब्याजदरमा ऋण दिने बहाना गरेर धेरै पैसा असुली गर्ने गरेको भन्दै ऐनविपरीत खोलिएका वित्तीय संस्थाहरु खारेज गर्नुपर्ने सरकारसँग माग गरेको छ । गाउँ–गाउँमा गएर महिलाहरुको समूह निर्माण गर्ने र कम व्याजदरमा ऋण उपलब्ध गराउने नाममा नेपालको कानुन र संविधान विपरत जथाभावी खोलिएका वित्तीय संस्थाहरुले मनपरि रुपमा पैसा असुल्ने काम गरेको लघुवित्तीय विरुद्धको संघर्ष समितिका जिल्ला अध्यक्ष दत्त थारुले बताउनु भयो ।

उहाँले देशभर नै यस्ता संस्थाले महिलाहरुलाई कम व्याजदरमा ऋण दिने नाममा धेरै रकम असुल्ने गरेको बताउनुभयो । त्यसैको लागि सरकार समक्ष पाँचबुँदे माग गरेको उहाँको भनाई छ । कार्यक्रममा कम व्याजदरमा ऋण लिएर किस्तामा बुझाउँदै आएपनि अहिले धेरै व्याजदर लिने भएकाले किस्ता बुझाउन नसक्दा संस्थाले डर र धम्की दिने गरेको मिना परियारले बताउनुभयो ।

तपाइको मत