मानव बन्यजन्तु द्वन्द न्युनिकरण गर्न सह–अस्तित्व आवस्यक
- शुक्रबार मङ्सिर २३ , २०७९
विष्णु अधिकारी, बर्दिया । खाता सामुदायिक वन समन्वय समितिले संरक्षण क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकोछ । खाता जैविक मार्ग वन्यजन्तु ओहोर दोहोरका लागि मुख्य मार्ग रहेको छ ।
खाता सामुदायिक वन समन्वय समितिले जैविक मार्ग भएर ओहोर दोहोर गर्ने वन्यजन्तु तथा मानव द्वन्द न्युनिकरणका लागि घाँसे मैदान, पानीको घोल मुहान, मेस वायर, सुरक्षित खोर, जैविक वार, विद्युतिय तारवारको काम गरेको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले जानकारी दिनु भएको छ । पत्रकारहरु सँग मानव वन्यजन्तु द्वन्द न्युनिकरण तथा व्यवस्थापन बारे अभिमुखिकरण कार्यक्रममा सो कुरा बताउनु भएको छ । बनसँग आश्रित नागरिकहरुनै वन्यजन्तुको आक्रमणमा पर्ने गरेको डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल बन अधिकृत प्रविण विडारीले बताउनु भएको छ ।
मानव र वन्यजन्तु विचमा सहअस्थित्व कायम गरेमा मात्र द्वन्द न्युनिकरणमा सहयोग पुग्ने भएकाले स्थानीय सरकारले यसको अपनत्व नलिए सम्म संरक्षण प्रभावकारी नहुने विडारीले प्रष्टायाउनु भएको छ । जैविक मार्ग अतिक्रमण बन्यजन्तु हिड्ने बाटोमा मानव निर्भरता भएकै कारण मानव र वन्यजन्तु विचको द्वन्द बढ्दै गइरहेको विडारीले चिन्ता व्यक्त गरेका उहाँको चिन्ता छ । तारजाली लगाएर मात्र वन्यजन्तुलाई रोक्न नसकिने उहाँको ठहर छ ।
जैविक विविधताको हिसाबले खाता जैविक मार्ग महत्वपुर्ण रहेको डब्लु डब्लु एफ नेपालका कार्यक्रम अधिकृत गौतम पौडेलले बताउनु भयो । संरक्षणका प्रयासका लागि ३९ वटा सामुदायिक बनसँग खाता सामुदायिक वन समन्वय समितिले समन्वय गरि काम गरीरहेको छ । राज्यले नयाँ संरचना निर्माण गर्दा वातावरण तथा वन्यजन्तु मैत्री संरचना निर्माण गर्नुका साथै संरक्षण र पर्यटनलाई सगै लानुपर्नेमा उहाँको जोड छ । हरित व्यवसाय वनमा आधारित वातावरण मैत्री पर्यटनको विकास गर्न सकेमा जिविकोपार्जनका साथै संरक्षणमा पनि सहयोग पुग्ने पौडेलले बताउनु भयो । कार्यक्रम खाता सामुदायिक वन समन्वय समितिको आयोजना तथा तराई भु–परिधि कार्यक्रम कोहलपुर बाँकेको सहयोगमा भएको छ ।