fbpx

बर्दियामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर गरिँदै

बर्दियामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर गरिँदै


विन्दु चौधरी, बाँसगढी । बर्दियाका आठ वटै स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय बर्दियाको आयोजना तथा मेरी स्टोप्स (सुनौलो परिवार नेपालको) प्राविधिक सहयोगमा जिल्लाका सबै पालिकामा परिवार नियोजन शिविर सञ्चालन गरिने भएको हो ।

पौष २० गतेदेखि माघ १७ गतेसम्म परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप र भ्यासेक्टोमी को शिविर संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जानकारी दिनुभएको छ । जिल्लाका ६ नगरपालिका तथा दुई गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने तयारी छ । जसमा पौष २० र २१ गते बारबर्दिया नगरपालिकाको धधवार स्वास्थ्य चौकी, पौष २३ र २४ गते बानियाभार स्वास्थ्य चौकीमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर चलाईने छ ।

यस्तै २६ र २७ गते मोतिपुर स्वास्थ्य चौकी बाँसगढी नगरपालिका, २९ र ३० गते सोरहवा प्राथमिक स्वास्थ्य केन्द्र बढैयाताल गाउँपालिका, माघ ३ र ४ गते बगनाहा स्वास्थ्य चौकी ठाकुरवावा नगरपालिका, माघ ६ र ७ गते ढोढरी स्वास्थ्य चौकी मधुवन नगरपालिका, माघ ९ र १० गते पाताभार स्वास्थ्य चौकी गेरुवा गाउँपालिकामा शिविर गरिँदै छ । माघ १२ गतेदेखि १३ गतेसम्म राजापुर प्राथमिक स्वास्थ्य चौकी राजापुर नगरपालिका र माघ १५ देखि १७ गतेसम्म बर्दिया अस्पताल गुलरियामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेक्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवा सञ्चालन हुनेछ ।

तपाइको मत