fbpx

बिद्यालयमा यौन तथा प्रजनन शिक्षा पढाउन अझै असहज

बिद्यालयमा यौन तथा प्रजनन शिक्षा पढाउन अझै असहज

मुरली गोडिया, गुलरिया । गुलरिया नगरपालिका अन्र्तगतका विद्यालयहरुमा अध्यापक शिक्षकहरु बीच संवाद चलाइएको छ । नगर भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुबिच संवाद भएको हो ।

विद्यार्थीलाई अध्यापनका क्रममा बृहत्तर यौनिकता तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि सहज र सकारात्मक शिक्षा कसरी दिन सकिन्छ भन्ने विषयमा संवाद केन्द्रित थियो । संवादमा शिक्षकहरुले वर्तमान अवस्थामा विद्यालय क्षेत्रको भुगोल, बाहिरी परिवेश, समुदायिक चेतनाको स्तर लगायत अन्य दृष्टिकोणले फरक फरक तरिकाले पढाउनु पर्ने आवस्यकता औल्याईएको छ । यौनिकता तथा प्रजनन् स्वास्थ्य शिक्षा बारे अझैपनि अभिभावक तथा विद्यार्थीले सहजै स्वीकार गर्न नसकेको जिकिर सहभागीहरुको छ ।

संवादमा बिचार राख्दै कार्यक्रमका अध्यक्ष एवम् गुलरिया नगरपालिकाका नगर उपप्रमुख सावित्रा गौतमले बालविवाह तथा अन्य सामाजिक अपराध बारे केवल सम्झाएर मात्र नभई कार्यन्वयनको पाटोलाई पनि बलियो बनाउन आवश्यक रहेको बताउनु भएको छ । बालविवाहमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याए मात्र समस्या समाधान हुने उहाँको भनाई छ । सामाजिक समस्याहरु निराकरण गर्न समय लाग्ने भएपनि असम्भव नरहेकोमा उहाँको जोड छ ।

संवाद कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका शिक्षा शाखा प्रमुख सतिश यादवले गुलरिया नगरपालिकामा रहेका विद्यालयमा अध्यापन गर्ने विधीमा परिवर्तन ल्याउनु पर्ने बताउनु भएको छ । यौनिकता तथा प्रजनन स्वास्थ्य शिक्षा विषयमा विद्यार्थीलाई अध्यापन गराउँदा भुगोल, सामाजिक परिवेश तथा चेतनाको स्तरमा ध्यान दिई पढाउनु पर्ने उहाँको भनाई छ । बालविवाह तथा अन्य गम्भिर विषयमा पढाउँदा शिक्षकलाई समयको व्यवस्थापनमा चुनौती रहेको संवादमा सहभागी शिक्षक विनिता घिमिरेले बताउनु भएको छ । अधुरो शिक्षा समाजका लागी झन घातक हुने भन्दै उहाँले शिक्षकका लागी पढाउनु पर्ने विषयमा समय व्यवस्थापन गर्न नसक्दा कठिन हुने गरेको उहाँको भनाई छ ।

बालविवाह तथा छिटै हुने विवाह नियन्त्रणका लागी कुनै टोल वा वडालाई वालविवाह मुक्त घोषणा गरे समाजिक समस्या केही हदसम्म निराकरण हुने विश्वास व्यक्त गर्नु भयो । वालविवाह गरे स्थानिय सरकार बाट पाउने सेवा सुविधामा कटौती गरिदिए पनि समास्या निराकरणमा टेवा पुग्ने महिला शाखा प्रमुख शिला शाहले बताउनु भयो । विग्रुप बर्दियाले आयोजना गरेको संवाद समुहमा कार्यक्रम बारे परियोजना संयोजक दिनेश चौधरीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा गुलरिया नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुको सहभागीता रहेको बीग्रुपकी फील्ड सुपरभाइजर शान्ता रसायलीले बताउनु भयो ।

तपाइको मत