प्रारम्भिक बालविकासका लागि अभिभावक जिम्मेवार बन्नुपर्छ
- मंगलबार मङ्सिर २० , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियाका पत्रकारहरुलाई प्रारम्भिक बालबिकास बारे अन्र्तक्रिया गरिएको छ । थारु महिला उथान केन्द्र बर्दियाको आयोजना र प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जिल्ला स्थित पत्रकारहरुलाई बालबिकासका मुद्धाहरुका बारेमा सचेत पारिएको छ ।
बिगत २ बर्ष देखि थारु महिला उथान केन्द्र बर्दियाले बालबालिकाको सपना परियोजना जिल्लामा संचालित रहेको जनाएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको ९ वटा वडा, बारबर्दिया नगरपालिकाको १ देखि ५ वटा वडा र राजापुर नगरपालिकाको ६, ८, ९ र १० नम्बर वडामा परियोजना संचालित रहेको थारु महिला उथान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताउनु भएको छ ।
बर्दियामा परियोजनाले बालबालिका तथा अभिभावकमा सकारात्मक परिवर्तन ल्याएको छ । बच्चा आमाको गर्भमा रहदा आमाको मात्र जिम्मेवार बन्ने समाजमा यो परियोजनाले गर्भवती महिलाको स्याहार गर्ने देखि लिएर बच्चा जन्मदा सम्म सबैको उतिकै जिम्मेवारी रहने ज्ञान दिएको कार्यक्रमका सहभागीले बताएका छन । बालबालिकालाई सानो हुने बेलामा गर्ने ब्यवहार सङ्ग सङ्गै उनिहरुको भबिस्य माथी अभिभावक थप जिम्मेवार हुन पुगेको ठाकुरबाबा नगरपालिका निवासी परियोजनामा सहभागी खुश्बु चौधरीले अनुभव सुनाउनु भयो ।
अन्तर्कृया कार्यक्रममा बोल्दै प्लान ईन्टरनेशनलका किरण भण्डारीले प्रारम्भिक बालबिकासको अवधारणा बारे जानकारी गराउनु भयो । उहाँले प्ररम्भिक बालबिकासका चरणहरु, बच्चाको जन्म देखि बालबिकासका सुचकहरु, मस्तिष्क बिकासका चरणहरु, बालबिकासका राष्ट्रिय रणनीति लगाएतका विषय समेटि कार्यक्रमको सहजीकरण गर्नु भयो ।
बालबालिकाको सर्वाङ्गिण बिकासका लागि बच्चाको चौतर्फी परिवेश सकारात्मक तथा उत्प्रेरक जनक हुन आवश्यक रहेको भण्डारीले जोड दिनु भएको छ । दिगो विकासका १७ वटा चरण पूरा गर्न बालबालिकाको बिकासले महत्व पुर्ण भुमिका रह्ने उहाँको भनाई छ । पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै आगामी दिनमा संस्थाका क्रियाकलाप तथा संचालन भएका बिबिध परियोजनाका बिषयमा पत्रकार महासंघ मार्फत समन्वयगर्दै जानकारी गराउने उहाँको प्रतिवद्धता छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले संघ संस्थाहरुले संचालन गरेका कार्यक्रम मार्फत समाजमा ल्याएका परिवर्तनहरुका बारेमा पत्रकारहरुसँग सहकार्यगर्दै मिडियामा ल्याउन गैरसरकारी संस्थाहरुलाई अनुरोध गर्नु भएको छ ।