fbpx

महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा रर्याली

महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा रर्याली


चुरेकुञ्ज, गुलरिया । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बर्दिया सदरमुकाम गुलरियामा सचेतना रर्यालीगर्दै अन्र्तक्रिया गरिएको छ । गुलरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।

गुलरिया नगरपालिका कार्यालय स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय प्रहरी साझेदारी कार्यक्रम, संघसंस्था लगायत सरोकारवालाहरुको सहभागीतामा निकालिएको र्यालीले गुलरिया बजार परिक्रमा गरी नगर भवनमा अन्र्तक्रिया गरिएको गुलरिया नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

नेपालमा लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका हरुले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सहयोग पुर्याउँदै आएका छन् । सरकारले उचित पारिश्रमीक ब्यवस्थापन गर्न नसकेको उनीहरुले गुनासोगर्दै आएका छन् । कार्यक्रममा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

तपाइको मत