fbpx

बाँसगढीको सामुदायिक बनमा मृत पुरुषको पहिचान खुलेन

बाँसगढीको सामुदायिक बनमा मृत पुरुषको पहिचान खुलेन


चुरेकुञ्ज, गुलरिया । बाँसगढी नगरपालिका वडा नम्वर ५ झरसेला स्थित सालघारी सामुदायिक बनमा झुण्डी मृत अवस्थामा फेला परेका पुरुषको अझै पहिचान खुल्न सकेको छैन । ईलाका प्रहरी कार्यालय बाँसगढीले सूचना जारीगर्दै शव पहिचानका लागि अनुरोध गरेको छ ।

निलो ट्राकसुटको जाकेट र कालो ट्राकसुटको पाईन्ट लगाएको, खुट्टामा अगाडी बन्द भएको म्याजिक चप्पल लगाएको, टाउकोमा ढाकाटोपी लगाएको बर्ष अन्दाजी ४०÷४५ जस्तो देखिने पुरुष ब्यक्ती मंसिर १७ गते फेला परेको ईलाका प्रहरी कार्यालय बाँसगढी प्रमुख प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनु भएको छ ।

तपाइको मत