पुल पूर्णक्षती भएपछि जब्दीघाटमा डुँगा संचालन
- आइतबार मङ्सिर १८ , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियाको सदरमुकाम गुलरिया देखि बारबर्दिया नगरपालिका हुँदै पुर्वपश्चिम राजमार्ग जोड्ने छोटो दुरीको बबई नदीमा निर्मित जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागी डुंगा संचालन भएको छ । बैकल्पिक रुपमा डुंगा संचालन भएपनि चारपांग्रे सवारी साधन संचालनमा भने कठिनाई परेको छ ।
सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिका हुँदै पुर्वपश्चिम राजमार्ग जोड्ने छोटो दुरीको बबई नदीमा निर्मित जब्दीघाट पुल बाढीले बगाए पछि आवतजावतका लागी डुंगा संचालन भएको हो । पुल बाढीले क्षतीग्रस्त बनाएको ५ बर्ष वितिसक्दा पनि पुल पुर्ननिर्माण नहुँदा यस क्षेत्रका स्थानियहरुले वर्षौ देखी सास्ती बेहोर्दै आएका छन । पुल विग्रिएका कारण बारबर्दिया तथा गुलरिया नगरपालिकाका यात्रु तथा दैनिक रुपमा आवतजावत गर्नेलाई निक्कै कठिनाई भएको गुलरिया नगरपालिका वडा नम्वर ४ निवासी रिक्सा चालक गोपाल डाँगीले बताउनु भएको छ ।
पुल पुननिर्माणको लागि सरकारी तवरवाटै आलटाल भएको देखिन्छ । जब्दीघाटको पुल बाढीले बगाएपछी स्थानीय थप मर्कामा परेसंगै राज्यको १६ करोड ६८ लाख ४ हजार रुपैयाको लगानी वालुवामा पानीे सरह भएको छ । हाललाई डुंगा संचालनमा आएपनि रातको समयमा आवश्यक परे नत डुंगा पाइन्छ न त गाडी नै पाइन्छ । बृद्धबृद्धा तथा बालबालिक एवं विरामी परेको खण्डमा समयमै अस्पताल पु¥याउन समेत समास्या भइरहेको बारबर्दिया नगरपालिका निवासी स्थानिय सुकरानी चौधरीको दुखेसो छ । आवागमन ठप्प भएकाले तत्काल आवागमनका लागी निकास दिन सरकारसंग हामीले वर्षौ देखी माग गर्दै आएका छौं ।
विक्रम सम्वत् २०७४ साल साउनको अन्तिम साता बबई नदीमा आएको बाढीबाट क्षतीग्रस्त जब्दीघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनि संग क्षतिपुर्ति असुल गरि जब्दीघाटमा नयाँ पुल निर्माणका लागी यहि मंसीर महिना भित्रमै टेन्डर खोलिने भएको बर्दिया क्षेत्र नम्वर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य संजयकुमार गौतमले बताउनु भएको छ । हालको पुल भन्दा केही लामो र पुलकै छेउमा निर्माण हुन्छ । आँउदो ३ वर्ष सम्म नयाँ पुल बन्ने गौतमको दाबी छ । तत्कालका लागी बैकल्पिक रुपमा आवत जावतका लागी बेलीब्रीज निर्माणका लागी पहल जारी राखिएको उहाँको भनाई छ ।
बर्दियामा समृद्धिको सपना बोकेको जब्दीघाट पुल भासिएसँगै बर्दियाबासीको भाग्य समेत दुर्वल बनेको छ । देशमै उच्च रहेको भ्रष्टाचारको दलदलमा जब्दीघाट पुल फसेको छ । सम्वन्धित निकायले तत्काल बजेटको ब्यवस्था गरी कुरामा मात्र होइन काम गरेर देखाउनु पर्ने बर्दियाबासीको माग छ । जब्दीघाटमा नयाँ पुलको निर्माण गरि बर्दियावासीलाई यथाशिघ्र बिकासको आभाष गराउनु जरुरी रहेको स्थानियको भनाई छ ।