fbpx

बालवालिकालाई मोबाईल चलाउन दिनु हुँदैन : मुक्तिनाथ यादव

बालवालिकालाई मोबाईल चलाउन दिनु हुँदैन : मुक्तिनाथ यादव


गुलरिया नगरपालिका वडा नम्वर ६ तथा चुरेकुञ्ज साप्ताहिकको सहकार्यमा प्रकाशित बालमञ्च श्रृखलाको गुलरिया नगरपाकिलाका नगरप्रमुख मुक्तिनाथ यादवले शुभकामना दिनुभएको छ । बालवालिकाको अधिकार लगायत कला, साहित्यको संरक्षण तथा बोध गराउँदै अभिभावकलाई समेत वालअधिकारका सवालमा उत्तरदायी बनाउन श्रृखलाले महत्वपूर्ण भूमिका निभाउने विस्वास ब्यक्त गर्नु भएको छ । नगरका विभिन्न विद्यालयहरुमा अध्ययनरत एवम् विद्यालयको पहुँचबाट वाहिर रहेका वालवालिकाहरुलाई पढ्नका लागि नगरपालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको उहाँले बताउनु भएको छ । प्रस्तुत छ तेस्रो श्रृखलाका लागि चुरेकुञ्जकर्मी प्रमिला चौधरीले तयार पारेको नगरप्रमुख यादवसँगको कुराकानीको सारअंश ।

नगरमा विद्यालय नगएका वालवालिकालाई के भन्नुहुन्छ ?

गुलरिया नगरपालिका अन्र्तगत पर्ने १२ वटा वडामा अध्ययनरत विद्यालयका बालबालिकाहरु स्कुल जाने समुहका छन् । केही विद्यालय नजाने बालबालिकाहरु पनि हाम्रो समाज समुदायमा छन् । हाम्रो गुलरिया नगरपालिका भित्र १२ ओटा वडाहरुका आर्थिक समुन्नत भएका मान्छेहरुले त आफ्ना छोराछोरीहरुलाई बोर्डिग स्कुलमा पढाई राखेका छन् । विपन्न परिवारका हाम्रा बालबालिकाहरु सरकारी विद्यालयमा पढिराखेको छन् । धेरै जसो बालबच्चा, विद्यार्थी भाइबहिनिहरु पैसाको कमिले गर्दा आज घरमा बसेका छन पढन सकेका छैनन् । तर म के भन्न चाहान्छु भने त्यस्ता कोहि विद्यार्थी आर्थिक अभावमा विद्यालय नगएका छन् भने म गुलरिया नगरपालिकाको सहयोगमा उहाँहरुलाई पठनपाठनको लागि खर्च बेहोर्ने गरी म पढाउने काम गर्छु । 
हाम्रो समाजमा अर्को एउटा समस्या छ । हाम्रा विद्यार्थी भाई बहिनि र हाम्रो अभिभावकले पनि एकदम सोच बिचार गर्नुपर्छ । आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दिनको लागि जब सम्म बच्चाहरुको उमेर हक पुग्दैन् तबसम्म उनीहरुलाई  कुनै काममा लगाउनु हुदैन । तर यहाँ यस्तो छ बच्चा १०÷१२ सालको भयो भने काममा लगाउँछन् पढने उमेर छ, खेल्ने उमेर छ तर बच्चाको टाउँको माथि बोझ पर्ने गरी काममा लगाईन्छ । त्यसलाई रोक्नुपर्छ गरिबी परिवारमा यस्तो अवस्था छ उनीहरले गुलरिया नगरपालिकामा सम्पर्क गर्दा हुन्छ । गुलरिया नगरपालिकाले हरेक काम तथा शिक्षा क्षेत्रमा सहयोग दिनका लागि तत्पर र  तयार छौँ । तर मेरो एउटा कुरा छ । विद्यार्थी भाइबहिनिहरुले पनि भन्न चाहान्छु अभिभावक ज्यू लाई पनि भन्न चाहान्छु । 

गुलरियाको ग्रामिण बस्तीमा वालवालिकाको शैक्षिक अवस्था कस्तो पाउनु भएको छ ?

मैले हेरेकै छु सबभन्दा बढि समस्या मधेशी समुदायमा के देखेको छु भने विद्यार्थी स्कुलबाट गइसकेपछि विद्यार्थीलाई बाख्रा चढाउन पठाइदिन्छन् । गाईगोरु चढाउन पठाउदिन्छन् । भैँसी चढाउन पठाइदिन्छन् तब विद्यार्थीको माइण्ड स्कुलबाट छुट्टी भएपछि फेरि मलाई बाख्रा चढाउन, भैँसी चढाउन जानुपर्छ भन्नेतर्फ डाईभर्ट भैदिन्छ । अभिभावकहरु पनि सोच्नुपर्छ बच्चाबच्चीलाई स्कुलबाट आएपछि डे«स निकालेर आउट डे«स लगाइदिनुस् फेरि खाजासाजा खुवाएर फेरि तिनिहरुलाई १ घण्टा पढ्न भन्नुपर्छ । घरमा आमाबुबा पढेलेखेका छैनन भनेपनि पढ भन्नुपर्छ । बच्चालाई टयुसन गराउन खोज्नु भएको छभने म प्रत्येक प्रधानाध्यापक हरुलाई बोलाएर प्रत्येक स्कुलमा सम्बन्धित ठाउँमा व्यवस्था मिलाउछु ।

तर अभिभावकले पनि सोच्नुपर्छ मेरो बच्चाहरुलाई अलि राम्रो उच्च शिक्षा हाँसिल गराउनको लागि मलाई के गर्नुपर्छ भनेर उहाँहरुले पनि सोच्ने कुरा हो । उहाँले मात्र के गर्नदिनु पर्छ भने आफ्नो बच्चालाई समयमा स्कुल पठाइदिनुपर्छ समयमा त्यस्तो कुनै स्थिती छ भने नगरपालिकामा आएर कोडिनेसन गर्नुपर्छ । म पुरै व्यवस्था गुलरिया नगरपालिकाको तर्फबाट विद्यार्थी भाइबहिनिहरुको लागि गर्नको लागि तयार छु । कुनै किसिमका गरिबका बच्चाहरुलाई पठनपाठन गराउनको लागि म कुनै किसिमको सम्झौता गर्दैन । उहाँहरुले जे जति शिक्षा हासिल गर्न चाहानु हुन्छ म गुलरिया नगरपालिकाको तर्फबाट हुनेवाला सहयोग विद्यार्थी भाइबहिनिहरुलाई म गर्छु र गुलरिया नगरपालिकाको तर्फबाट प्रतिबद्धता गर्दछु ।

बालबालिकाहरु पछिल्लो समयमा मोबाइल फोनमा लत बसेको देखिन्छ के भन्नुहुन्छ ?

अहिले बालबालिकाहरु धेरै अबुझ बन्दैछन् । त्यसमा अभिभावकले विशेष ध्यान दिनुपर्दछ । तर विद्यार्थी भाइबहिनिले पनि सोच्नुपर्छ । हाम्रो यतातिर के छ भने ४ वर्षको बच्चा भयो अलि रुन लाग्यो भने मोबाइल दिएर सम्झाउँछौं । ल बाबु मोबाइल चलाउ एकछिन भनेर मोवाईल दिएर भुलाउँछौं । तर त्यो मोबाइल दिएर हामी नानी बाबुहरुलाई बिगार्ने बाटो हो । फेरि अर्को दिन मोबाइल नपाएपछि झन कराउँछन् । कराउँदै गर्दा फेरी बच्चालाई चुप गराउनको लागि मोबाइल नै दिनुपर्छ । तर जब सम्म बच्चा मोबाइल चलाउन लायक हुदैन तब सम्म बालबच्चालाई मोबाइल दिनु हुदैन् । बच्चा बिग्रन्छन् किनकि मोवाईलमा के के आउँछ खेल्छन् त्यसमा बच्चाहरु पुरै दिमाग खेलप्रति जान्छ । खेल्नुपर्छ खेल खेल्न जरुरी छ यो अभिभावकको पनि दायित्व हो ।

आधा घण्टा मोबाइल चलाउनको लागि दिनुुस् फेरि लिनुस् तर यो गलत हो । बालवालिकालाई मोबाइल दिन त्यति उपयुक्त छैन । मेरो विचारमा यसलाई पुरै रोक लगाउनुपर्छ । विद्यार्थी भाइबहिनिहरुले यस्तो कुरामा प्रत्येक प्रधानाध्यापक हरुसँग पनि म कुरा गर्छु । तर गाउँका विपन्न वालवालिकाले फोन मोबाइल त चलाउन पाउदैनन् । त्यस्ता खाले फोनहरु हुने खानेका बच्चाहरुले मात्र चलाउँछन् । तर उहाँहरुसँग मेरो अनुरोध छ यो मोबाइल चलाउन दिनुुुुस् तर चलाउन लायक भएपछि दिनुस् । अहिले उहाँहरुको दिमाग पढाईमा लगाईदिनको लागि म सबै अभिभावकहरु ज्यूलाई र विद्यार्थी भाइबहिनिहरुलाई अनुरोध गर्दछु । धन्यवाद ।

तपाइको मत