कानूनी दायराभित्र रहेर बालसंरक्षण गर्नुपर्छ : उपप्रमुख चौधरी
- शनिबार मङ्सिर १७ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा बाल संरक्षणका सेवाहरु र कानुनी संरक्षण सुदृढीकरणका लागि पैरवी र वकालत सम्बन्धी अभिमुखीकरण गरिएको छ । राजापुरको भौरा क्षेत्रमा रहेका बालबालिकाहरुले भोग्नु परेका समस्या र समाधानमा अपनाउनु पर्ने तरिकाको चेतनाका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
बाल संरक्षणका लागि संरक्षण समितिले कानुनी वकालत र पैरवी गर्न समितीले बुझ्न आवश्यक रहेको कार्यक्रमका सहजकर्ता मानवीर विश्वकर्माले वताउनु भयो । कार्यक्रमका सभाध्यक्ष समितिकी अध्यक्ष नगर उपप्रमुख मनकला कुमारी चौधरीले यस क्षेत्रमा सानै उमेरमा वाल विवाह र वाल हिंसाले समाजमा जरो गाडेकाले उनका समस्यामा बोल्ने व्यक्तिले कानुन र नीति नियमभित्र रहेर पैरवी गरेमा वाल संरक्षणमा सहयोग पुग्ने बताउनु भयो ।
बाँके युनेस्को क्लबको परिकल्पना विकासद्वारा मानव मष्तिष्कमा शान्तिको स्थापना, वालविवाह छिटो हुने विवाह र जवरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत प्लान एन्टरनेशनल नेपाल र बाँके युनेस्कोको आर्थीक र प्राविधिक सहयोग र राजापुर नगरपालिकाको आयोजनामा वाल संरक्षण समितिका पदाधिकारीहरुलाई दिइएको अभिमुखीकरण कार्यक्रमको सञ्चालनमा महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता थारुले गर्नु भएको थियो ।