fbpx

धुमधामले वन्यजन्तु सप्ताह मनाइँदै

धुमधामले वन्यजन्तु सप्ताह मनाइँदै


भिमा कंडेल, ठाकुरबाबा । समन्वय, सहकार्य र सहअस्तित्व भन्ने नारासहित बर्दिया राष्ट्रिय निकुञ्जमा २६ औँ वन्यजन्तु सप्ताह बुधबारबाट सुरु भएको छ । वैशाख ७ गतेसम्म एक हप्ताको समयावधि सम्म वन्यजन्तु सप्ताह मनाईदैछ ।

सप्ताहका अवसरमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरी मनाउन शुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा एनटिएनसी, नागा, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान, सेन्स नेपाल, महिला वातावरण उपसमिती लगायत विभिन्न संघ संस्थाको उपस्थिती रहेको छ । विहिवार चराहहरूको अवलोकन तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थापाले जानकारी दिनुभयो ।

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तु सप्ताहले सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक हप्ताको अवधीमा राजमार्ग सरसफाई, संरक्षण चित्रकला सम्बन्धी प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता तथा वन्यजन्तुबाट पीडित एकल महिलाहरुलाई राहत वितरण गरिने जनाइएको छ ।

यसैगरी संरक्षण शिक्षा वन्यजन्तुको आनिबानी सम्बन्धी अन्तरक्रिया, फायर लाइन सरसफाई तथा सामुदायिक वन व्यवस्थापन तालिम सञ्चालन गरिने छ । फुटबल प्रतियोगिता र मानव वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन र सप्ताहको अन्तिम दिन प्रकृती र संस्कृती सम्बन्धी फोटो प्रदर्शनी र वन्यजन्तु सप्ताह समापन गरिने सहायक संरक्षण अधिकृत थापाको भनाई छ ।

तपाइको मत