fbpx

जहाँ गएपनि राजापुरको विकास अग्रणी : सहमहामन्त्री राठौंर

जहाँ गएपनि राजापुरको विकास अग्रणी : सहमहामन्त्री राठौंर


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरको समग्र विकासका लागि आफु जहाँ गए पनि अग्रस्थानमा रहने नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित किशोर सिंह राठौरले वताउनु भएको छ । पार्टीले राजापुरमा आयना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई संबोधनगर्दै उहाँले यस्तो वताउनु भएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका बर्दिया क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले पार्टी कार्यकर्तालाई भेटघाट गर्नु भएको हो । भौरा क्षेत्रमा नेपाली काङ्ग्रेसको उपस्थिति अझै बलियो रहेको र अबका दिनमा स्थानीय स्तरबाटै पार्टीलाई बलियो वनाएर लैजान सबै आम कार्यकर्ता लाग्नु पर्ने धारणा उहाँले राख्नु भएको थियो । राजापुरमा आयोजित कार्यक्रममा पार्टीका क्षेत्रिय सभापति, महासमिति सदस्यहरु, नगर तथा गाउँ सभापतिहरु, नेता कार्यकर्ताको ठूलो उपस्तिथिति रहेको थियो ।

तपाइको मत