fbpx

बर्दियामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

बर्दियामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

मुरली गोडिया, गुलरिया । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला बर्दियामा अपराधिक घटना घटेको छ । जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर १ मा घटना घटेको हो । श्रीमानले आफनै २६ बर्षिया श्रीमतिलाई मारेको घटना बाहिरिएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर १ मा आफनै श्रीमतीलाई श्रीमानले हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । ननकला बस्नेत नाम गरेकी महिला मंसीर ११ गते साँझ घरबाट माइती तर्फ मामाको छोराको विहेमा जाने भनि घर बाट निस्किन । आफ्नै फुपुसंग जाने सल्लाह गरेकी ननकला फुपुकै घर जानलाई निस्किन तर पछाडी बाट उनका श्रीमान बोधराज बस्नेत पछाडीबाट एक्कासी आएर पिट्न थाले । प्रत्यक्षदर्शी विमला बुढा मगरका अनुसार हात खुट्टा दुवैले पिट्दा उनी भुइमा ढलिन । नजिकैका व्यक्ती आएर उनलाई फुपुको घर पुर्याए । अस्पताल लग्ने क्रममा उनको ज्यान गइसकेको रहेछ ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । कुटपिट गरि श्रीमतीको हत्या गरेको आरोपमा गुलरिया नगरपालिका वडा नम्वर १ गाउँ नंम्बर १६ का ३० वर्षिय बोधराज बस्नेतलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाहीले भन्नुभयो कुटपिटबाट २६ वर्षिय ननकला बस्नेतको मृत्यु भएको छ । पेटमा रहेको बच्चाको समेत ज्यान गएको छ । उनि ६ महिनाको गर्भवति थिइन् । बोधराज माथी आफ्नै श्रीमतिलाई कुटपिट गरि हत्या गरेको आरोप छ । श्रीमानले मादकपदार्थ सेवन समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

६ महिनाका गर्भवति समेत रहेकी मनकलाको ज्यान मात्र होइन पेटमा भएको बच्चाले पनि संसार देख्न नपाई अनायासै ज्यान गुमाउनु प¥यो । अहिले उनको घरपरिवार मात्र होइन गाँउ छिमेक शोकमा डुवेको छ । ननकलाको ७ वर्षको १ छोरा पनि छन । छोरीको हत्या गर्नेलाई कानुन अनुसार कडा कार्बाही गर्नुपर्ने मृतकका बावु मोम बहादुर चन्द ठकुरीको माग छ । ७ वर्षको छोराको पालनपोषण पाउनु पर्ने सवै हक उक्त छोराले पाउनु पर्ने उहाँको भनाई छ ।

तपाइको मत