fbpx

समर्थन मुल्यभन्दा सस्तोमा धान बेच्न बाध्यछन् किसान

समर्थन मुल्यभन्दा सस्तोमा धान बेच्न बाध्यछन् किसान


चुरेकुञ्ज, बर्दिया । सरकारले किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गर्दछ । तर बर्दियाका कृषक भने अनेकौं दुख झेलेर उत्पादन गरेको धान सरकारले समयमै न किनी दिंदा व्यापारीहरु संग सस्तोमै बेच्न बाध्य भएका छन ।

सरकारले किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष धानको समर्थन मुल्य निर्धाण गर्ने गर्दछ । बर्दियाका किसानहरु समर्थन मुल्य भन्दा सस्तो भाउमै धान बेच्न बाध्य छन । सरकारले धानको मुल्य पहिलेनै तोकेर किसानलाई खुशि पारेझै देखाउने तर समयमा धान खरिद नगरिदिदा यहाँका किसानलाई समस्या भएको हो । नेपाल सरकारको यो प्रकारको उदाशिता देखेर कृषकहरु आश्चर्य परेका छन । ऋण लिएर खेतीपाती गर्ने किसानहरुलाई यो समयमा सस्तोमै धान बेचेर भएपनि अर्को बाली लगाउनु पर्ने बाध्यता रहेको राजापुर १ का किसान अग्नु थारुले दुःखेसो पोख्नुभयो ।

यस वर्ष सरकारले प्रति क्विन्टल मोटा धानको मूल्य रु दुई हजार ९ सय ६७ र मध्यम खाले धानको ३ हजार १ सय २६ रुपैयाँ मूल्य निर्धारण गरेको छ । तर, किसान भने सरकारले निर्धारण गरेको मूल्य भन्दा कम्तिमा ४ देखी ५ सय रुपैया कम मै व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका छन । राज्यले किसानका लागी बनाएको नितिमा स्वांयम राज्यले नै कार्यान्वयन गर्न नसकेको भन्दै किसान जिल्ल परेका छन । बर्षौ देखी कृषी पेशामै आधारित किसानका लागी राज्यले सक्रियता नदेखाएको प्रति किसान यति बेला निराश बनेका छन । सस्तो मुल्यमा धान खरिद विक्री भइरहको जानकारी पाए पनि राज्य चुपचाप बनेको छ । निम्न वर्गका किसानलाई यो परिस्थितले थप दुखित बनाएको किसान बताउँछन ।

मनपरी तरिकाले खरिद विक्री गर्ने व्यापारीकोमा पुगी निगरानी राख्नु पर्ने राजापुर ८ का किसान टिकाराम रेग्मीले बताउनु भयो । कृषकहरुको धान समर्थन मुल्यमै खरिद गर्नका लागी जिल्लामा स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार केन्द्रमा धान खरिदका लागी कुनै सुरसार भएको देखिदैन । कृषकको धान समर्थन मुल्यमै खरिद गर्न जिम्मेवारी पाएको निकायमै अहिले सम्म अनुमति नआउनु दुखद् भएको छ । गत वर्ष भदौमा सरकारले धानको समर्थन मुल्य तोकेपनि मंसीर १६ गते बाट मात्र धान खरिद गरेको संस्थानले यस वर्ष पनि धान किन्न शुरु गरेको छैन । केन्द्र बाट आवश्यक बजेट र निर्देशन नआएको र आफु त्यसको पर्खाइमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि राजापुर शाखाका प्रमुख धर्मराज पन्तले जानकारी दिनु भएको छ ।

ऋण लिएर भएपनि महंगो मुल्यमा धानको विउ तथा मलको खरिद खेती गर्ने गरिन्छ । कडा मेहनेत गरि उत्पादन गरेको धानको मुल्य आफुले नभई व्यापारीले तोक्दा किसानलाई राज्य प्रति विश्वास हुन छाडेको दु्खेसो छ । बर्दियाका कृषकका लागी सरकारी संयन्त्रले समयमै चासो नदेखाउनु र स्थानिय तहहरुमा धान खरिद गर्ने राज्यको पहुँच नपुग्नुले निर्धारण गरिएको मूल्य भन्दा कममा धान बेच्नु पर्ने बर्दियाका किसानको नियती नै बनेका छ ।

तपाइको मत