fbpx

रासायनिक मल अभावले गहुँ छर्ने किसान समस्यामा

रासायनिक मल अभावले गहुँ छर्ने किसान समस्यामा


मिन अधिकारी, राजापु । बर्दियाको भौरा क्षेत्रका किसानहरु हिउँदे वाली छर्ने चटारोमा छन् । चुनाव सकिएसँगै किसानलाई तरकारी, गहुँ लगायतका हिउँदे वाली छर्ने चटारो छ । तर रासायनिक मल अभाव हुँदा किसानहरु समस्यामा परेका छन् ।

उत्पादनको दृष्टिले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका लाई उर्वर भूमि मानिन्छ । तोरी फुलीसकेको छ । अब गहुँ छर्ने तयारी गरी रहेका राजापुर नगरपालिका वडा नं ४ घुम्नाका किसान उमेश थारुले किसानलाई रासायनिक मलका लागि निकै समस्या परेका वताउनु भयो । नेपालको कृषि सामग्री कंपनी र साल्ट ट्रेडिङको मल नपाएपछि सीमावर्ती भारतीय बजारबाट मल ल्याएर तोरीमा छरेको तर मल गुणस्तरीय नपरेकोले उहाँले चिन्ता पोख्नुभयो ।

खेतीको समयमा रासायनिक मलको अभाव हुन्छ । नचाहेर पनि भारतीय मल हाल्नु पर्ने बाध्यता छ राजापुर नगरपालिका वडा नम्वर ७ का किसान विष्णु थारुले वताउनु भयो । हरेक दिन मलकै खोजिमा सीमावर्ती घाटघाटमा नेपाली किसान पुग्ने गर्छन् । तरपनि मल पाईदैन । सरकारले कृषिमा आधुनिकीकरण र क्रान्ति गर्ने भनेर भाषण गर्ने गरेपनि स्थानीय किसान भने विउ न मल छन् । हामीले उत्पादनको उचित मूल्य पनि पाएका छैनौ । खेतीका लागि विउ, रासायनिक मल नहुँदा भौरा क्षेत्रमा सक्रिय युवा शक्ति बाहिरीने सम्भावना बढ्दै गएकोभन्दै स्थानियहरु चिन्तित छन् ।

तपाइको मत