fbpx

विद्यार्थीहरुलाई जैविकविविधता संरक्षण सम्बन्धी अनुशिक्षण

विद्यार्थीहरुलाई जैविकविविधता संरक्षण सम्बन्धी अनुशिक्षण


चुरेकुञ्ज, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित वेतहनीमा रहेको श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्र छात्रालाई जैविक विविधता संरक्षण तथा मानव बन्यजन्तु सहअस्तित्व सम्बन्धि प्रशिक्षण दिईएको छ । तराई भुपरिधि कार्यक्रम (ताल), डब्लुडब्लुएफको सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज, चोरीशिकार नियन्त्रण युवा परिचालन समिति लगायत ठाकुरबाबा उपभोक्ता समितिको आयोजनामा प्रशिक्षण गराईएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपाने, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य, मञ्जु महतराले प्रशिक्षणको सहजीकरण गर्नु भएको हो । कार्यक्रममा जैविक विविधता संरक्षण, बन्यजन्तुबाट बच्ने उपायहरु, चोरी शिकार युवा परिचालन अभियानको महत्वका बारेमा सहभागीहरुलाई अनुशिक्षण दिईएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिनुभयो ।

निकुञ्जले प्रदानगर्दै आईरहेको बन्यजन्तुबाट हुने क्षतीको राहतलाई कसरी सहज बनाउने भन्ने सन्दर्भमा छलफल एवम् सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका डकुमेन्ट्रीहरु प्रर्दशन गरी सहभागीहरुलाई बृहत्त जानकारीहरु प्रदान गरिएको थियो ।

तपाइको मत