चुरेकुञ्ज साप्ताहिक पत्रिकाद्वारा बालमञ्ज श्रृखला प्रकाशन शुरु
- आइतबार मङ्सिर ११ , २०७९
चुरेकुञ्ज, गुलरिया । चुरेकुञ्ज साप्ताहिक पत्रिकाले एउटा पेजमा बालमञ्च प्रकाशनको श्रृखला शुरु गरेको छ । बालबालिका तथा अभिभावकहरुलाई सचेतपार्दै बालअधिकार, मनोबिज्ञान, साहित्य श्रृजना संरक्षणार्थ गुलरिया नगरपालिका वडा नम्बर ६ को सहकार्यमा प्रकाशन शुरु गरिएको हो ।
बालअधिकारका सबाल, मुद्धालाई संचारगर्दै जिल्ला स्थित बालवालिकालाई श्रृजनात्मक कार्यमा प्रेरित गर्ने उद्देश्यले पत्रिकाको एउटा पेजमा बालमञ्च प्रकाशन शुरु गरिएको चुरेकुञ्ज साप्ताहिकका सम्पादक कृष्णप्रसाद बस्यालले बताउनु भएको छ ।
प्रकाशकियको पूर्ण पाठ :
प्रेस काउन्सिल नेपालको ख वर्गमा वर्गिकृत चुरेकुञ्ज साप्ताहिक पत्रिका प्रकाशनको ११ औं बर्षमा चलिरहेको छ । बर्दियाबाट निरन्तर प्रकाशनमा रहेको पत्रिकाले पाठकहरुको अपार मायाँ पाएको छ । यस घडीमा हामी हाम्रा सम्पूर्ण विज्ञापन दाता, पाठक, विश्लेषक, एवम् सम्पूर्ण उद्योगी, ब्यवसायी लगायत यस पत्रिकालाई समाचारको एंगल प्रदान गर्नुहुने पत्रकारहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु ।
हाम्रा प्रकाशनलाई देश विदेशमा रहनुहुने पाठकहरु माझ पुर्याउन हामीले www.churekunja.com अनलाईन पोर्टल सूचना तथा प्रशारण विभागमा दर्ता र प्रेस काउन्सिल नेपालमा सूचिकृत भई संचालनमा ल्याई सकेका छौं । आजदेखि हामीले गुलरिया नगरपालिका वडा नम्वर ६ सँगको सहकार्यमा बालवालिकामैत्री सूचना प्रवाह गर्ने हेतुले बालमञ्ज श्रृंखला प्रकाशन शुरु गरेका छौं । विषेशगरी वडामा रहेका विद्यालय जाने वा नजाने बालवालिकाहरुको बौद्धिक समृद्धि गर्ने उद्देश्यले उनीहरुका अधिकार, मनोविज्ञान, साहित्य र श्रृजनालाई प्राथमिकतामा राखी प्रकाशन शुरु गरेको सार्वजनिक गर्न पाउँदा हर्षित छौं ।
विस्तारै यहाहरुको सुझाव, बालबालिकाहरुको सहभागीताको आधारमा प्रकाशनका खुराकहरु बढाउने प्रतिवद्धता गर्दछु । बालवालिका वा उनका अभिभावकहरुले आफ्ना बालवालिकाहरुका कुनैपनि प्रकासनिय सामाग्री हामीलाई उपलब्ध गराईदिनु हुनेछ भन्ने हामीले विस्वास लिएका छौं । बालमञ्च श्रृंखला प्रकाशनको घडीमा सम्पूर्ण बालवालिका, हामीसँग सहकार्य गर्ने नगरको वडा एवम् सम्पूर्ण बर्दियावासीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
प्रकाशक चुरेकुञ्ज साप्ताहिक, गुलरिया, बर्दिया