fbpx

बर्दियामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बर्दियामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु


मिन अधिकारी, राजापुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रवारदेखि देशैभर सुरु भएको छ । सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ अभियान शुरु भएको हो ।


बर्दियाको राजापुर, मधुवन, गुलरिया, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकामा विभिन्न संघ संस्थाहरुको सहकार्यमा अभियानको थालनी गरिएको छ । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले दीप प्रज्जवलन गरी राजापुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा हिंसा विरुद्धका नारा लेखिएका प्लेकार्ड सहित सहभागीहरुले राजापुर बजारको परिक्रमा गरेका छन् ।


कार्यक्रमलाई सम्बोधनगर्दै नगरप्रमुख थारुले भन्नुभयो समाजमा विभिन्न खालका हिंसाहरु हुने भएकाले आफुलाई जानकारी नहुँदा कहिले काहि ठूलो दुर्घटना हुन सक्छ । आफु हिंसामा परेको महसुस हुनासाथ सहयोगी समक्ष पुग्नु पर्ने उहाँको भनाई छ । घटना लुकाउँदा अपराधी बलियो हुने भएकाले नगरपालिका तथा आफुले गर्न सक्ने सहयोग गर्न तत्पर रहेको उहाँको भनाई छ । कार्यक्रमका बक्ताहरुले संम्बोधनगर्दै समाजमा गहिरो रुपमा रहेको लिङ्ग, जाति र आर्थिक रुपले हुने अमानवीय व्यवहार हिंसा भएकाले यस्ता हिंसा भएमा प्रहरी कार्यालयमा उजुरी दिएमा पिडकलाई कानुनी कारवाही गरी पिडितले न्याय पाईने बताएका छन् ।

राजापुर नगरपालिकाको आयोजना र सरोकारवाला संघ, संस्थाहरुको सहयोगमा सञ्चालन गरिएको १६ दिन लैङ्गिक हिंसा विरुद्धको अभियान शुभारम्भ कार्यक्रममा जनप्रतिनिधिहरु, प्रहरी, सामाजिक अभियन्ता, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । नगरउपप्रमुख तथा बाल संरक्षण समितिका संयोजक मनकला कुमारी चौधरीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन महिला तथा वालवालिका शाखा प्रमुख रिता थारुले गर्नु भएको थियो ।

तपाइको मत