सरुवा रोगबाट बच्न शौचालयको उचित प्रयोग गर्न आग्रह
- शुक्रबार मङ्सिर ९ , २०७९
भिमा कंडेल, बर्दिया । पुर्ण सरसफाई यूक्त पालिकाको अभियान आ–आफ्नै पहलमा हात धुने स्थान भन्ने मूला नारासहित भदौ ५ गतेदेखि ठाकुरबाबा नगरपालिकामा शुरु गरीएको पुर्ण हात धुने अभियानलाई सफल बनाउन शौचालय दिवस मनाईएको छ । गेरुवा ग्रामिण जागरण संघको आयोजनामा कार्यक्रम गरिएको हो ।
प्रतिनिधि सभा तथा प्रदेशसभा र्निबाचनको आचार सहिताको कारण मंसिर ३ गतेको विश्व शौचालय दिवस बुधबार एक कार्यक्रमका विच सम्पन्न गरिएको गेरुवा ग्रामिण जागरण सँघका सरसफाई अधिकृत मनोज पौडेलले जानकारी दिनुभयो । शौचालयको उचित प्रयोग नगर्दा विभिन्न किसिमका प्राण घातक रोगहरु लाग्ने भएकोले यसबाट सचेतपार्दै नगरवासीबलाई जोगाउन कार्यक्रमको आयोजना गरिएको हो ।
शौचालयको उचित प्रयोग नहँुदा झाडापखला, आउँ जस्ता विभिन्न किसिमका सरुवा रोग लाग्ने भएकोले यसबाट जोगिन शौचालयको प्रयोग गर्न अति आवश्यक रहेको बताईएको छ । साथै दिसा गरिसकेपछि मिचिमिची सावुन पानीले हात धुन पनि आग्रह गरिएको छ ।