ठाकुरबाबामामा खो– खो खेल प्रतियोगिता (फोटोफिचर)
- बिहिबार बैशाख २ , २०७८
भिमा कंडेल, ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ स्थित रानीपुरमा रहेको कर्वड हलमा बिहिबारदेखि खोखो खेल प्रतियोगिता सुरु भएको छ । ठाकुरबाबा नगरपालिका खेलकुद विकास समिती सैनवार बर्दियाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा ठाकुरबाबा नगरपालिकाको तीन नम्बर वडा बाहेक आठ वटा वडाका महिला आठ समुह तथा पुरुष आठ समुह गरी १६ वटा समुहका खेलाडीहरुको सहभागिता रहेको बर्दिया खोखो संघका अध्यक्ष छत्र बहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतियोगिता बैशाख ४ गतेसम्म सञ्चालन हुने नगर खेलकुद विकास समिती सदस्य तथा रेफ्रि खगेन्द्र शाहीले जानकारी दिनुभयो । खेलको पहिलो दिन वडा नम्बर २ र ४, वडा नम्बर १ र ६ वडा नम्बर ५ र ९ तथा वडा नम्बर ७ र ८ विच प्रतिस्पर्धा हुनेछ ।
ठाकुरबाबा नगरपालिकालाई पर्यटनसंगै खेलकुदमा विकास गर्न समय समयमा खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । यस अघि ठाकुरबाबा नगरपालिकाले राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।

खोखो खेल प्रतियोगिता नगर स्तरीय पहिलो भएको शाहीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट समुहलाई ट्रफि, मेडल र नगद पुरस्कारको व्यवस्था गरिएको संघका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।