बाँके ३ मा काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर निर्वाचित
- बिहिबार मङ्सिर ८ , २०७९
चुरेकुञ्ज, बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको छ । नेकपा एमालेका किस्मतकुमार कक्षपतीलाई ४ हजार ७ सय ९३ मतले पराजितगर्दै राठौर निर्वाचित हुनु भएको हो ।
राठौरले २९ हजार ४० मत र कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ७ हजार ४ सय ३९ मत तथा जनता समाजवादी पार्टी (जसपा) का नोयन्द्र धिताल ४ हजार २ सय ८७ मतमा समेटिएका छन् । त्याहाँबाट ९ जनाले प्रतिस्पर्धा गरेकाथिए । १ लाख १३ हजार ३ सय २२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७३ हजार ९ सय ८९ मत खसेको र ५ हजार ७७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।