शम्भुशरण माविमा सर्वपक्षीय बैठक पश्चात मतदान सुरु
- आइतबार मङ्सिर ४ , २०७९
हरिवंश पाण्डे, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्वर २ स्थित शंभुशरण माध्यमिक विद्यालय मतदान केन्द्र आसपासमा विष्फोटक पदार्थ विष्फोट भएपछि रोकिएको मतदान कार्य मतदान स्थल शर्च पश्चात शुचारु भएको छ । सर्वपक्षीय सर्वदलीय बैठक पश्चात मतदान सुरु गरिएको हो ।
विद्यालयमा रहेको ४ वटा केन्द्रका मतदान अधिकृत, प्रहरी, उमेद्वार, राजनैतिक दलका प्रतिनिधि लगाएतका सरोकारवाला सबैको संयुक्त बैठक पछि मतदान प्रक्रिया पुनः सुरु भएको हो । बैठकको सर्व सम्मत निर्णयबाट भएरहित वाताबरणमा मतदान प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । आईतवार बिहान १० बजेर ३० मिनेट सम्मको प्रारम्भिक अनुमान अनुसार जिल्लाभरी २५ प्रतिशत मत खसेको जनाईएको छ ।