fbpx

बर्दियाको राजापुरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

बर्दियाको राजापुरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु


केशव कोइराला, बर्दिया । बर्दियाको राजापुरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । राजापुर नगरपालिका –३ उत्तरटेडियाका १९ बर्षिय किशोर थारुको मृत्यु भएको हो ।

शुक्रबार राती कर्णाली नदी तटबन्धबाट अनन्तपुर आउने क्रममा भे २ त १००० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक थारुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकास सापकोटाले जानकारी दिनु भएको छ ।

तपाइको मत