fbpx

नेपाल भित्रिएको भारतीय अबैध माछा नियन्त्रणमा लिई नष्ट गरियो

नेपाल भित्रिएको भारतीय अबैध माछा नियन्त्रणमा लिई नष्ट गरियो


दलबहादुर सुनार, बढैयाताल । बढैयातालका मत्स्यपालक किसानले भारतीय अबैध भारतीय माछा नियन्त्रणमा लिएका छन् । भे १ प ८५१३ नम्बरको मोटर साईकलमा लोड गरी भारतबाट नेपाल भित्र्याईएको भारतीय बैखा जातको माछा नियन्त्रणमा लिएका हुन् ।

अन्दाजी ८० के.जी. माछा बढैयाताल गाउँ पालिका ८ स्थित मुनालबस्तिबाट बिहिवार नियन्त्रणमा लिई नष्ट गरिएको छ । बढैयातालका मत्स्य पालक किसानले नियन्त्रणमा लिएका माछा सहित मोटर साईकल प्रहरी चौकी सितलाबजारमा बुझाएको किसानले जानकारी गराएका छन् । नियन्त्रणमा लिएको उक्त माछा प्रहरी चौकी सितलाबजारमा भन्सार कार्यालयका प्रतिनिधी, स्थानिय बजारका प्रतिनिधी, माछापालक किसानको रोहवरमा नष्ट गरिएको र मोटर साईकल भने कार्वाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दिया पठाएको प्रहरी चौकी सितलाबजारका ईन्चार्ज प्रहरी सहायक निरिक्षक खिम बहादुर डांगीले जानकारी दिनु भएको छ ।

भारतीय सिमा नाकामा प्रहरीको गस्ति भएता पनि अबैध माछा तथा कुखुरा भारतबाट अबैध रुपमा नेपाल भित्रिने गरेको किसानहरुको आरोप छ । अबैधमाछा तथा कुखुरा नियन्त्रणको लागि पटक पटक ईलाका प्रहरी कार्यालयमा आग्रह गर्दा पनि इप्रकाले चाँसो नदेखाएको कालिका मत्स्य पालक कृषक सहकारी संस्थाका अध्यक्ष ईन्द्र प्रसाद लुइटेलले बताउनु भएको छ । माछा ब्यापारी जाकिर तेली भन्ने ब्यक्तीले बर्दियाको बढैयाताल ६ मैनापोखरमा खुलेआम अबैध रुपमा माछा ब्यवसायगर्दै आएका छन् । उनले भारत बाट अबैध रुपमा नेपालमा माछा भित्राएर अन्य ठाउँहरुमा सप्लाई समेत गर्ने गरेको भारतीय अवैध माछाको ब्यापारले गर्दा बर्दियाका माछा पालन ब्यबसाय धरापमा परेको किसान बसन्त सिङ ठकुरीले पिडा ब्यक्तगर्नु भयो ।

तपाइको मत