fbpx

सुर्खेत तेलपानी सडकलाई पूर्णता दिन्छु : विनय रावल

सुर्खेत तेलपानी सडकलाई पूर्णता दिन्छु : विनय रावल


चुनावको मिति आउन केही घण्टा बाँकी छ । उम्मेदवारहरु आफ्ना नारा लगायत घोषणा पत्र लिएर जनता सामु मत मागिरहेका छन् । सबै उम्मेदवारहरु आफूले जित्ने विभिन्न दावीहरुका साथ चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार बर्दिया क्षेत्र नम्वर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएका विनय रावल सामाजिक सेवाको वहीखाता लिएर जनतामाझ उभिनु भएको छ । प्रस्तुत छ, चुरेकुञ्जकर्मी प्रमिला चौधरीको सहयोगमा तयार पारिएको रावलसँगको कुराकानीको सारअंश :

गठबन्धनसँग चुनाव भिड्दै हुनुहुन्छ कसरी जित्ने तयारीमा हुनुहुन्छ ?

मैल त यसलाई कठिन र चुनौतीको हिसाबमा लिएको छु । तर यो सामान्य कुरा हो जस्तो लाग्छ हाम्रो लागि किनभने मैले विगत केही समय देखि नै भनिराछु म बर्दियाली जनताको एक मात्र साझा उमेदवार हो भनेर पटक पटक घोषण गरी सकेको छु । मेरो मतदाता भन्या कांग्रेसमा भएका साथीहरु, एमालेमा भएका साथीहरु, माओवादीमा भएका साथीहरु र अन्य ढकियामा भएका साथीहरु सबैको म साझा उमेदवार हु । यो किन मैले भनिरहेको छु भने मैले बर्दियामा लगभग सात वर्ष भयो समाज सेवामा काम गर्दै आएको हु । सेवाका क्रममा मैले यो व्यक्ति कांग्रेस, यो व्यक्ति एमाले यो व्यक्ति माओवादी भनेर कहिल्यै सोचिन । दुःखी भनेपछि मैले आफुले गर्न सक्ने सक्दो सहयोगहरु पुरयाउदै आएकोे छु । हालसम्म ३ सय ३० वटा भन्दाबढी समाज सेवाका कार्यहरु सम्पन गरेको छु । म एउटा परिकल्पना बोकेर आएको व्यतिm हुँ । अभावै अभाव भएको बर्दियामा जुन सम्भावना नै सम्भावना भएको हुनुपथ्र्यो तर आज अभावै अभाव र अध्यारोमा छ । बर्दियालाई म चाँही सम्भावना नै सम्भावना बोकेको बर्दियामा फिर्ता गराउन चाहन्छु । बिकसित र व्यवस्थित बर्दिया भनेर मेरो एउटा परिकल्पना बोकेर आएको ब्यक्ति हुँ । बर्दियालाई बिकसित र ब्यवस्थित बनाउँ भनेर सोच लिएर आएको छु । त्यसैले हरेक बर्दियाली जसले बर्दियाको बिकास चाहन्छु समृद्धी चाहन्छु, गरिबीलाई सदाको लागी मुक्त गर्न चाहन्छु हरेक बर्दियालीको मुहारमा मुस्कान हेर्न चाहन्छु । अर्को कुरा वन्यजन्तु र मानवको अन्तरद्वन्दबाट जुन बर्दियाली जनताहरु त्रासमा बसिरहनु परेको छ त्यो त्रासलाई सदाको लागी अन्त्य गर्न चाहान्छु । पिडित सबै बर्दियाली जनताको म एक मात्र साझा उमेदवार भनेर उभिएको छु । मलाई पूर्ण विश्वास छ सारा बर्दियाली जनताले पनि त्यहि सोची रहनु भएको छ ।

जनताबिच कस्तो योजनाहरु अघि सार्नु भएको छ ?

मैले अघिपनि भने मेरो परिकल्पनालाई मैले १५ वुँदे घोषण पत्रका रुपमा सार्वजनिक गरेको छु । मेरो घोषणा पत्रमा त्यति धेरै बुँदाहरु पनि छैन । १५ वटा बुँदा जुन हाम्रो क्षेत्रका बर्दियाली जनतालाई तत्कालै चाहिने कुराहरुलाई मात्रै समेटेर मैले योजना अघि सारेको छु । जस्तो मैले नदी कटानका कुराहरु देखि रहेको छु । हाम्रो यहाँ बर्दियाली जनताहरु नदी कटान, डुवानको त्रासमा हुनुहुन्छ । नदी कर्णाली, बबई जस्ता नदी उर्लिएर परिवारनै सर्वनास गर्छकी भनेर डराउनु पर्ने अवस्था छ । जनताको त्यो त्रासलाई अन्त्य गर्न तटबन्धनका कुराहरु मैले राखेको छु । त्यस्तै गरी जंगलबाट निस्किने बन्यजन्तुहरुलाई निकुञ्ज र सेटलमेन्टलाई एकदम आधुनिक किसिमको तारबारले बाध्ने कार्यलाई मैले प्राथमिकतामा राखेको छु । थारु समुदायलाई बर्दियाको महान शान भनेर पहिचान स्थापित गर्ने सोचमा छु । थारु समुदाय बर्दियाको ठुलोे शक्ति भएतापनि पिछडिएको र दुःख पाएको समुदायको रुपमा मैले महशुस गरेको छु । थारु समुदायलाई अभिभावकत्व दिएर कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेमा घोषणा पत्रमा उल्लेख गरेको छु । एकघर एक रोजगारको कुरालाई मैले राखेको छु । हाम्रा युवाहरु जुन बेरोजगार भएर कहिले पप्जी खेलेर बस्ने, कहिले फेसबुक चलाएर बस्ने, कहिले क्यारमबोर्ड खेल्दै बस्ने त्यो चिजलाई अन्त्य गराउन म प्रतिबद्ध हुनेछु । बर्दियालाई घरेलु पर्यटकबाट माथी उठाउनको लागी साथी लौ जाउँ बर्दिया भनेर एउटा कार्यक्रम शुरु गरीसकेको छु । मेरो योजनामा हरेक बर्दियालीले अब बर्दियाको जिम्मेवारी लिनु पर्यो । बर्दियालाई समृद्ध बनाउने हो भने हरेक बर्दियालीले योगदान गर्नु परयो । हरेक बर्दियालीले वर्षको ५ जना बर्दिया भन्दा बाहिर बस्नेहरुलाई आफनो बर्दियामा निमन्त्रणा दिएर पर्यटकका रुपमा भित्र्याउन पर्छ । त्यसले गर्दा पनि बर्दियामा ठुलो संख्यामा पँुजि भित्रिन्छ त्यसलाई नै मैले साथी लौ जाउँ बर्दिया कार्यक्रमबाट शुरु गरि सकेको छु । त्यस्तै २६।२७ वर्ष भयो सुर्खेत तेल पानी बाटोको कुरा सबैले गर्छन् तर त्यसलाई कसैले पूर्ण गर्ने आँट गरेका छैनन् । आज भन्दा २७ वर्ष अगाडी मेरो बुवा स्वर्गिय डाक्टर तिलक रावल उहाँ कृषि विकास बैंकमा हुँदा खेरी त्यो बेला उहाँले चार लाख रुपैया दिएर त्यो बाटो बनाउनलाई पहिलो अध्ययन गराउनु भएको हो । अब यो बाटोलाई अन्त्यमा फिनिसिग गराएर विनय रावलले बनाउँछ भन्ने मैले घोषण पनि गरिसके । एक डेढ वर्ष हामीलाई कागज पत्र प्रमाणित गर्न एक डेढ वर्ष लाग्छ । डेढ वर्ष हामीलाई डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनको कार्य गर्न लाग्छ, त्यसको एक वर्ष हामीले फाइनान्सियल प्रोसेस गराउँछौं र लगभग ३ वर्षमा बाटोलाई पूर्णता दिन्छौं जुन बर्दियाली जनताले र कर्णालीका जनताहरुले प्रयोग गर्ने लाएकको बनाउछौँ । पूर्वाधार किसिमका कुराहरु हाम्रो घोषणा पत्रमा छ । साथसाथै जुन लालपुर्जा र सुकुम्बासी, पिछडिएका वर्गको नाममा राजनितिक भइरहेको छ त्यसलाई अन्त्य गरेर भुमि सबन्धी कार्यको दिर्घकालिन समाधान निकाल्ने कुरा पनि घोषणा पत्रमा जारी गरेका छौ । यस्तै विकसित व्यवस्थित बर्दियाका १५ वुदे घोषणा हामीले अघि सारेका छौं ।

अन्त्यमा मतदातालाई के भन्नुहुन्छ ?

म मतदाताहरुलाई के भन्न चाहान्छु भने यो मतदान गर्ने भनेको चाँहि एकदम संवेदशिल र महत्वपूर्ण कार्य हो । यो एउटा ठुलो दान हो यो सामान्य दान होइन । त्यसैले हरेक मतदाताले आफनो विवेक आफनो बुद्धि प्रयोग गरेर कन्यादान गर्ने बेलामा जसरी कन्याको दान गर्नु हुन्छ त्यस्तै गरी बुझेर, सोचेर, आफना नजर प्रयोग गरेर, हरेक ठाउँबाट बुझेर मात्र मतदान गर्नुस् । राम्रो ठाउँमा मतदान भयो भने यहीका जनताको जिवनमा उज्यालो आउँछ । गलत ठाउँमा तपाइको मतदान गयो भने आजको जस्तै यहि गरिबी, यहि त्रास रहीरहन्छ । त्यसैले मतदाताहरुलाई कन्यादान गर्ने बेलामा जति गम्भीर हुनुहुन्छ यस पटक मतदान गर्ने बेलामा पनि त्यति नै गम्भीर हुनुहोस् भनेर म आग्रह गर्न चाहन्छु । धन्यबाद ।

तपाइको मत