निर्वाचनलाई लक्षितगर्दै मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध
- बुधबार कार्तिक ३० , २०७९
हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले आसन्न प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजरगर्दै हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्न मंसिर २ गते शुक्रबार देखि ४ गते आइतबार सम्म जिल्ला भर सार्वजनिक स्थलमा मादपदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाएको छ । प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै तिन दिनका लागि मदिरा सेवन र विक्रीमा रोक लगाएको छ ।
निर्वाचनलाई स्वतन्त्र, स्वस्छ, निष्पक्ष र भए रहित वाताबरणमा सम्पन्न गर्ने उद्देश्यले मौन अवधिभर २ गते बिहान ५ बजे देखि ४ गते राति १२ बजे सम्म मदिरा लगायतका कुनै पनि मादक पदार्थको विक्री वितरण तथा सार्वजनिक स्थलमा सेवन गर्नमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रमेश पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । सूचना विपरित मदिराजन्य पदार्थको विक्रीवितण तथा सेवन गर्नेलाई कानुन अनुसार कारबाही गरिने समेत उल्लेख गरिएको छ ।
