खोप सेवा लिन आउने बालवालिकालाई बालमैत्री कक्ष
- बुधबार कार्तिक ३० , २०७९
विष्णु अधिकारी, बर्दिया । झट्ट हेर्दा बिद्यालयमा खोलिएको बालबिकास कक्ष जस्तो देखिने बालमैत्री कक्ष बिद्यालयमा खोलिएको भने होईनन् । त्यस्ता कक्षहरु बर्दियाको विभिन्न स्वास्थ्य चौकिमा पनि स्थापना गरिएको छ ।
वालवालिकाको सपना परियोजना अन्र्तगत स्वास्थ्य चौकिमा खोप सेवा लगायत अन्य सेवा लिनका लागि आउने वालवालिकालाई मध्यनजर राख्दै वालमैत्री कक्ष स्थापना गरिएको उत्प्रेरणा कुना हो । प्लान ईण्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र बर्दियाले संचालन गरेको उत्प्रेरणा कुनाले स्वास्थ्य केन्द्र्रमा सेवा लिन आउने बालवालीकाको सर्वांगिण विकासमा सहयोग पुर्याउने उद्देश्य राखि स्थापना गरिएको थारु महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक प्रिज्मा सिँह थारुले जानकारी दिनुभयो ।
परियोजना अन्र्तगत राजापुर नगरपालिकामा ४ वटा वडा, ठाकुरबाबा नगपालिकाका सवै वडा र बारबर्दिया नगरपालिकाको ५ वटा वडामा उत्प्रेरणा कुना संचालमा ल्याईएको छ । दातृ निकायको सहयोगले संचालनमा आएको यो उत्प्रेरणा केन्द्र बहुउपायोगी भएको स्वास्थ्य सेवा लिन आएका स्थानीयहरुले वताएका छन् । स्वास्थ्य केन्द्रमा सेवा तथा वडामा सेवा लिन आएका स्थानीयहरु पुगेपछि बालवालीकामा हुने एक किसीमको त्रासलाई हटाउने बुझिएको छ । उत्प्रेरणा केन्द्रमा विभिन्न खेल सामाग्री संग खेल्न पाउदा बालवालिकाहरु रमाउने गरेका छन् ।
स्वास्थ्य चौकीमा सेवा लिन आएकी ठाकुरबाबा नगरपालिका वडा नं. ७, मुक्तिपुरकीे रन्जना चौधरीले स्वास्थ्य चौकि र वडा कार्यालय सँगै रहेको डे केयर सेन्टर संचालनमा आएपछि वाललालिकालाई भुलाउन धेरै सहज भएको बताउनु भएको छ । बालवालिकाको लागि खेल तथा सिकाई कुना खुलेपछि वडा तथा स्वास्थ्य चौकिमा सेवा लिन आउँदा बालवालिकालाई खेल सामाग्री सँगै छाडेर आफुहरुलाई सेवा लिन सहज भएको छ । उहाँले भन्नुभयो सहजता सँगै डे केयर सेन्टरमा प्रर्याप्त मात्रामा खेल सिकाई सामाग्री भएकाले बालबालिकाको बौद्धिक विकासमा समेत टेवा पुगेको छ ।
ठाकुरबाबा नगरपालिका वडा नं. ७ आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब उषा चौधरीले बालबालिकाको तौल लिन कपडा खोल्दा बालबालिका आत्तिने र खोप लगाउँदा रुने भएकाले स्वास्थ्य केन्द्रसंगै रहेको डे केयर सेन्टर खुलेपछि सहज भएको बताउनु भयो । डे केयर सेन्टरमा वालवालिकाको लागि खेल सामाग्री भएपछि भुलाउन सजिलो भएको छ । बालवालिकाको वृद्धि विकास तथा वौद्धिक विकासमा सहयोग पुगेको प्रष्ट्याउनु भयो । सेन्टरमा वालवालिकाको आमाहरुलाई खेलौना बनाउन पनि सिकाउने गरेकाले बजारमा गएर खेलौना किन्न नपर्दा आर्थिक पाटोमा समेत सहजता थपेको उहाँको भनाई छ ।
ठाकुरबाबा नगरपालिका वडा नं. ७ का वडा सचिव लोकेन्द्र बहादुर चन्दले डे केयर सेन्टरमा वालवालिकाको शारिरिक तथा वौद्धिक विकासमा सहयोग पुगेको बताउनु भएको छ । प्लान इन्टरनेशनलले डे केयर सेन्टर खोल्नका लागि सरोकारवालाहरुको सामुहिक संवाद कार्यक्रमबाट जनप्रतिनिधिहरु प्रभावित भई वालवालिकाको लागि अति आवश्यक महसुस गरि वजेट छुट्टाएकोमा खुशी ब्यक्त गर्नुभयो । आर्थिक वर्ष २०७९/०८० मा केयर सेन्टर थप विस्तारका लािग छिट्टै नै ट्रष्ट बनाउने योजना रहेको बताउँदै नयाँ बन्ने ट्रष्टमा वालवालिकाको लागि चिप्लेटि लगाएतका थप आर्कषक खेल सामाग्री विस्तार गर्न लागेको जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नं. ४ खैलार बस्ने पार्वती चन्दले वालवालिकाको सपना गर्भ देखि नै सुरु हुने भएकाले गर्भवती महिलालाई परिवारका सदस्यहरुले सबै किसिमको सहयोग पुग्ने काम गर्नुपर्ने बताउनु भएको छ । परियोजनाबाट आफुले बालबालिकाको लागि चाहिने पौष्टिक तत्व तथा स्थानीय स्तरमा उपलब्ध हुने वस्तुहरुबाट खेल सामाग्री निर्माण गरेका कारण आर्थिक भार कम परेको प्रष्ट्याउँदै घरमै उत्पादन भएको खाद्यान्न प्रयोग गरेमा वालबालिको शारिरीक वृद्धि हुनुको साथै स्वस्थ हुन मद्दत पुग्ने बताउनु भयो ।
घरेलु खानेकुरा खुवाउन थालेपछि बजारमा पाइने चाउचाउ, विस्कुट कसैले ल्याएर दिएमा पनि आफ्ना बालवालिकाले खान मन नपराउने उहाँको भनाई छ । बालबालिकाको सपना परियोजनाले सबै बालबालिकाहरु उचित तथा उत्तरदायित्व सहितको स्याहार सुसार पाएका छन् । यसका कारण उनीहरु पुर्ण क्षमतामा हुर्कन मद्दत पुगेको छ । यस्ता परियोजनालाई निरन्तरता दिनकालागि सरोकारवाला निकाय तथा स्थानीय जनप्रतिनिधीहरुले पनी प्रतिवद्धता जनाउन सके परियोजनाले सार्थकता पाउने अभिभावकहरुे बताएका छन् ।