fbpx

ईच्छाले होईन शिक्षाले खेतीगर्ने प्रणाली भित्र्याउँछु : सुुरेश पन्थ

ईच्छाले होईन शिक्षाले खेतीगर्ने प्रणाली भित्र्याउँछु : सुुरेश पन्थ

चुनावको मिति मंसिर ४ नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलोमा मत माग्न ब्यस्त छन् । बर्दिया प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेश पन्थ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रस्तुत छ, सो क्षेत्रको सामाजिक क्षेत्रमा पहिचान बनाएका पन्थसँग चुरेकुञ्जकर्मी सौरभ सिग्देलको सहयोगमा तयार पारिएको कुराकानीको सारअंश :

सत्ता गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ जित्ने कत्तिको ढुक्क हुनुहुन्छ ?

म गठबन्धनको साझा उम्मेदवारीको रुपमा आफूलाई सोच्छु । त्यसले गर्दा बर्दिया जिल्ला मेरो लागि नौलो अनुहार होइन । बर्दिया जिल्लामा हिजो गएको कोभिडको टाइममा होस या बाढी पहिरोको टाइममा होस्, चाहे स्कुल सुधारको बेलामा होस् चाहे यहाँका विपन्न परिवारलाई सहयोग गर्नेमा होस् मैले चाहि निरन्तर रुपमा समाजसेवा गरिरहेको हुँदा खेरी गठबन्धनको बर्दिया जिल्लामा स्थानीय तहको डाटा चाँहि ठूलो भएको र पार्टी संगठन भातृ संगठन सम्पूर्ण एक्दमै सुचारु रुपमा रहेको हुनाले म जित्नेमा निश्चिन्त छु ।

निर्वाचनमा तपाईका एजेण्डा के हुन् ?

बर्दिया जिल्लाको विकासका निमित्त कैलाली र बाँके जिल्लाको बिचमा बर्दिया जिल्ला रहेको र यहाँ प्राकृतिक सम्पदाको हिसाबले बर्दिया साँचिक्कै सौन्दर्यताको उदाहरण हो र केहि यहाँ चाहि तपाइको फड्को मार्न पर्ने अवस्था रहेको त्यसले गर्दा तेलपानी सिङ्गो कर्णाली प्रदेश तेलपानीको बाटो खोलेर धनौरा नाकाहुँदै भारतको सिमा सँग जोडेर यो औद्योगिक मार्गको निमित्त एउटा प्रस्तावित गरेको छ भने भुरिगाँउ देखि माँचड चोक सम्मको बाटोलाई फोर लेन गरेर औद्योगिक मार्ग घोषणा गरि कर्णाली प्रदेससँग जोडेपछि यहाँको विकास यहाँको उत्पादन कर्णालीसम्म लैजाने र कर्णालीको उत्पादन भारतसम्म लाने हामीले एउटा प्रस्तावित गरेका छौँ ।

त्यसैगरी बर्दिया जिल्ला कृषिको उर्वरा जमिन भएको र कृषिमा आधुनिकिरण आवश्यक रहेको र इच्छाले होइन शिक्षाले खेती गर्ने उत्पादन मुलक कृषिको लागि पहल र प्रतिबद्धता जाहेर गरेका छौ । वन्यजन्तु र बाढी पहिरोको समाधानका निमित्त अपिल गरेका छौँ भने प्रतिबद्धता पनि जाहेर गरेका छौँ । त्यसै गरेर यहाँको राष्ट्रिय निकुञ्ज हराभरा राष्ट्रिय निकुञ्ज बनाउँदै निकुञ्जको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटनसँग जोडेर कृषि पर्यटन मार्फत पर्यटक भित्रयाउन पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छौ । भने शिक्षा सुधार, युवा स्वरोजगार, उद्योग कलकारखाना भित्र्याउने किसिमका आयोजना बर्दियामा स्थापित गर्नेे योजनामा लागेका छौँँ ।

अन्त्यमा मतदातालाई के भन्नुहुन्छ ?

म सम्पूर्ण बर्दियावासी देश विदेसमा रहनु भएका आमा बुवा दिदि वहिनिहरुमा मेरो विनम्र निवेदन के छ भने निर्वाचन आयोगले खास १८ दिन मात्र प्रचारप्रसार राखेको हुनाले घरदैलोमा पुग्न असमर्थ भएको हुँदा खेरी म तपाईलाई यहि पपुलर चुरेकुञ्ज मिडियाको माध्यमबाट विनम्र निवेदन गर्छु । अहिले म सुरेश पन्थ साझा उम्मेदवारका रुपमा गोलाकार भित्रको हँसिया हथौडाबाट प्रतिनिधि सभाको उम्मेदवारका रुपमा उठेको छु भने प्रदेस २ (क) मा जन्मजय तिमिल्सिना रुख चिन्हबाट हुनुहुन्छ, प्रदेस २ (ख) मा मान बहादुर थारु गोलाकार भित्रको हँसिया हथौडाबाट हाम्रा उम्मेदवार रहनु भएकाले सवैलाई अमुल्य मत दिएर विजय गराईदिनुहोस् । तपाईहरुलाई शिर कहिल्यै निहुरिन दिन्नौ समृद्ध बर्दियाका लागि सधै तत्पर रहने छौं भन्ने अपिल गर्न चाहान्छु । धन्यवाद ।

तपाइको मत