fbpx

बर्दिया प्रतिनिधि सभा सदस्य पदमा तपाईलाई भोट किन ?

बर्दिया प्रतिनिधि सभा सदस्य पदमा तपाईलाई भोट किन ?

चुरेकुञ्ज, गुलरिया । प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी घरदैलोमा ब्यस्त छन् । दलिय घोषणा पत्र तथा स्थानिय मुद्धाहरुलाई एजेण्डा बनाउँदै उनीहरु मत माग्न ब्यस्त छन् ।

बर्दिया प्रतिनिधि सभा सदस्य निर्वाचन बर्दिया १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका संजयकुमार गौतम, नेकपा एमालेबाट लक्ष्मणराज ज्ञवाली, नागरिक उन्मुक्ती पार्टीबाट ठाकुरसिंह थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रवेश भुसाल, राप्रपाबाट सूर्य बहादुर सिंह, जनमत पार्टीबाट सोहराव पठान, जनता समाजवादी पार्टी रेशम बहादुर खत्री, नेश्नलिष्ट पिपल्स पार्टीबाट रामरतन थारु, नेमकिपाबाट हरीलाल न्यौपाने र स्वतन्त्रबाट देवी प्रसाद तिवारी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थ, राप्रपाका विनय रावल, नेकपा एमाले पंकजसिंह राठौर, लोसपा अनिरुद्ध आर्या, राष्ट्रिय स्वतन्त्र पार्टी ओमप्रकास वसौला, नेमकिपा धर्मराज जैसी र स्वतन्त्रबाट रामप्रसाद आचार्य र लालवीर चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । हामीले बर्दिया प्रतिनिधि सभा सदस्य निर्वाचनका केही उम्मेदवारलाई तपाईलाई भोट किन भनी सोधेका थियौ । प्रस्तुत छ उहाँहरुको जवाफ ।

बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर १ नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार संजय कुमार गौतम :

म बर्दियाबाट दुई पटक संसद भएँ । यस पटक पनि मलाई पार्टीले उम्मेदवार तोकेको छ । पहिलो पटक संविधान सभाको निर्वाचनमा विजयी भए । दोस्रो पटकको निर्वाचनमा पनि जिते जुन बेला कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्यो । मेरो क्षेत्रमा तटबन्धन, सहरी विकासका कामहरु अलपत्र छन् । नाका खोल्ने काम अगाडी बढ्न सकेको छैन । विगतको सरकारले कुनैपनि क्षेत्रमा कोअपरेटिभ गरेन । बर्दियाको स्थिर बिकासका मुद्धाहरु अहिले पनि पूर्णता पाउन सकेको छैन । यसपटक हाम्रो स्वर्णिम कार्यकाल हुनेछ । वहुमत प्राप्त गठबन्धनको सरकार बन्छ । प्रदेसमा पनि सरकार निर्माण गर्छौ । स्थानिय तहमा पनि अधिकांस ठाउँमा जितेका छौं । 

यसपटक बर्दियाको समृद्धिको यात्रा ठोस रुपमा शुरु हुन्छ । त्यसका लागि मसँग भएको अनुभव, क्षमता, दक्षताले काम गर्छ । सुखी र समृद्ध नेपाल बनाउने हाम्रो बर्दियालाई राम्रो बर्दिया बनाउने मेरो अभियानलाई पूर्णता गर्न पनि मलाई भोट दिनुपर्छ । नाका खोल्नुपर्ने, भुरीगाउँ तेलपानी सडक लगायत तटबन्धनका कामलाई पूर्णता दिँदै रोजगारी तथा बिकासका आयामहरु खडा गर्नुपर्ने छ । त्यको लागि म उपयुक्त पात्र हुँ जस्तो लाग्छ । मलाई बर्दियाली जनताले मायाँ गर्नु भएको छ ।

बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर १ नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवाली :

देशमा अफ्ठेरो परिस्थिती छ । गठबन्धनले देशलाई अधोगति तर्फ लगेको छ । समग्र क्षेत्रको प्रगति र उन्नतीको लागि तथा देशमा बलियो कानून निर्माणगर्दै संसद मार्फत जनताको आवाज मुखरित गर्न मलाई भोट दिनु पर्छ । नेकपा एमालेको सरकार बनाएर जनताको समस्या समाधान गर्न अपरिहार्य छ । बर्दियाका बिकास निर्माणका समस्या समाधान गर्दै बबई नदीको जब्दीघाटमा पुल र नदीमा तटबन्धन गर्नका लागि पनि मलाई जिताउनु पर्छ । भूमिहिन, सुकुम्बासी, अब्यवस्थित बसोबासीलाई ब्यवस्थापन, जनताको घरबासको ब्यवस्था, लालपुर्जा ब्यवस्थापन गर्नुपर्ने छ । त्यस्तै सीमा समस्या समाधानगर्दै सीमा नाका खोल्नुपर्ने छ । मूलभुत रुपमा यिनै समस्या समाधान गर्न मेरो उम्मेदवारी भएकाले मलाई भोट दिनुपर्छ ।

बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ नेकपा एमालेका उम्मेदवार पंकज सिंह राठौर :

बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर २ को समग्र विकासगर्दै गरीब, दलित, उत्पिडित, सुकुम्बासी, भुमिहिन बर्गको मुक्तिको लागि म लगायत नेकपा एमालेका उम्मेदवारलाई भोट दिनु आवस्यक छ । हाम्रो क्षेत्रमा समस्यै समस्या छन् । ५ वटा पालिकामा नदी कटान र डुवानका समस्या छन् । बन्यजन्तुबाट जनता प्रभावित छन् । सडक, पुल लगायतका पूर्वाधारहरु निर्माण भएका छैनन् । भुमिहिन, सुकुम्वासीको समस्या छ । लालपुर्जा हुनेको जमिन छैन, जमिन हुनेको लालपुर्जा छैन । शिक्षा स्वास्थ्यको गुणस्तर बढाउनु पर्ने छ । कुनै पनि बालवालिका शिक्षाबाट बञ्चित हुनुहुदैन भन्ने हाम्रो मुद्धा हो । अधिकांस जनताहरु कृषिमा आश्रित भएकाले सिंचाई, मल, विउका समस्या समाधान गर्ने मेरो एजेण्डा छ । 

हात्तीसारदेखि मनाउ जोड्ने, बनकट्टी देखि टिकापुर र ईन्टेक देखि चिसापानी जोड्ने पुलको निर्माणको परिकल्पना गरेका छौं । नदी कटान, बन्यजन्तु नियन्त्रणका लागि आरसीसी बाल सहितको ड्याम बनाउनु पर्छ भन्ने योजना छ । तेलपानी सुर्खेत सडक, सीमा समस्याको स्थायी समाधान, रोजगारी, युवा तथा खेलकुद र ५ वटै पालिकामा ध्यान केन्द्र सहितको बृद्धाश्रम बनाउने योजना छ । पर्यटन बिकासका लागि ठाकुरद्वारा, आमवासा, कोठियाघाट, ईन्टेक र जनकनगरलाई प्रर्बद्धन गर्छौ यसका लागि पनि मलाई भोट दिएर जिताउनु आवस्यक छ ।

तपाइको मत