fbpx

निर्वाचन आचारसंहिता सबैले पालना गरौं : सहायक प्रजिअ पाण्डेय

निर्वाचन आचारसंहिता सबैले पालना गरौं : सहायक प्रजिअ पाण्डेय


चुरेकुञ्ज, गुलरिया । आचारसंहिता ब्यक्तिको आचरण भएकाले सबैले पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताउनु भएको छ । निर्वाचनलाई शान्तीपूर्ण तथा स्वच्छ सम्पन्न गराउन सबैले आचरण शुद्ध अपनाउनु पर्ने प्रष्ट्याउँदै संवाद समूहले आयोजना गरेको कार्यक्रममा उहाँले कसैले छेकबार गर्नुभन्दा ब्यक्ती आफैले बुझ्नुपर्ने बताउनु भयो ।

कसैले आचारसंहिता उल्लघंन गरेमा अनुगमन अधिकृत वा मुख्य निर्वाचन अधिकृत कार्यालयलाई जानकारी गराउन अनुरोधगर्दै ‘निर्वाचनलाई शान्तिपुर्ण वातारणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाई छ ।’ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपुर्ण बनाउन कार्यक्रमका सहभागीहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनु भएको छ । पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र नागरिक समाजले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता गरेका हुन् ।

संचारकर्मी र मिडिया हाउसले निर्वाचन आचारसंहिता सम्बन्धमा सचेत रहेको पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले बताउनु भएको छ । आगामी दिनमा पनि संचारजगत आचारसंहिता उल्लघंन नगर्ने विश्वास दिलाउँदै अध्यक्ष आचार्यले पत्रकारहरुलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्नुभयो । विगतका निर्वाचनमा व्यवसायीले आचारसंहिता पालना गरेर सहयोगगर्दै आएको उद्योग वाणिज्य संघका महासचिव अशोक खड्काले बताउनु भयो । आउने निर्वाचनमा पनि व्यवसायीहरु आचारसंहिता पालना गर्ने उहाँको प्रतिवद्धता छ ।

अहिलेसम्म आचारसंहिता उल्लघंन नभएको नागरिक समाज संजालकी संयोजक हिमा सुनारले प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । राजनितिक पार्टीका प्रतिनिधिहरुले पनि आचारसंहिता पालना गर्ने प्रतिबद्धता गर्नुभएको संवाद समुहका सहजकर्ता भावुक योगीले जानकारी दिनुभयो । संवाद कार्यक्रममा सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले निर्वाचन निश्पक्ष रुपमा संपन्न गराउन सबै सरोकारवाला पक्षको भूमिका अपरिहार्य रहने बताउनु भएको छ । कार्यक्रममा पत्रकार एवम् सरोकारवालाहरु सहभागी थिए । कार्यक्रम लक्ष्मी नेपालले संचालन गर्नु भएको हो ।

तपाइको मत