fbpx

अधुरा काम पूरागर्न मेरो उम्मेदवारी : संजय कुमार गौतम

अधुरा काम पूरागर्न मेरो उम्मेदवारी : संजय कुमार गौतम


प्रतिनिधि तथा प्रदेस सभा सदस्य निर्वाचनको मिति मंसिर ४ नजिकिंदै गर्दा बर्दियामा चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली काँग्रेसबाट संजय कुमार गौतम उम्मेदवार हुनुहुन्छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री समेत रहेका गौतम गत आम निर्वाचनमा (एमाले–माओवादी) वाम गठबन्धनका बलिया उम्मेदवार नेकपा एमालेका वामदेव गौतमलाई पराजित गर्नुभएको थियो । प्रस्तुत छ, सत्ता गठबन्धनका उम्मेदवार गौतमसँग चुरेकुञ्जकर्मी प्रमिला चौधरीले तयार पारेको कुराकानीको सारअंश ।

तपाई दुई पटक बर्दियाबाट निर्वाचित भैसक्नु भएको छ, फेरी तपाईको उम्मेदवारी किन ?

संविधान नै निर्माण भएको थिएन । हामी संविधान सभाका लागि निर्वाचित भयौँ । संविधानको निर्माण गर्यौ । सबैभन्दा ऐतिहासिक कुरा संविधान निर्माण गर्नु थियो । संविधान निर्माण भयो । त्यसपछि हामीले एउटा समृद्धिको यात्रा तय गर्ने निधो गरेका थियौं । हामीलाई विश्वास थियो २०६४ को निर्वाचन पछि समृद्धिको यात्रा शुरु गर्छ । तर केपी वलीजी प्राइममिनिस्टर भएर जुन किसिमको सरकार चल्यो त्यसले समृद्धिको नाममा के गर्यो ? संविधान सिध्याउने काम गर्यो । साढे तिन वर्षमा देशलाई अस्तब्यस्त पार्यो । यहाँ सम्म कि दुईदुई पटक संसद बिघटन भयो । कतिपय बिकास निर्माणका कामहरु बर्दियामा मैले शुरु गरेको छु । शहरी विकासको कार्यक्रम, नदी नियन्त्रणको काम मैले नै निश्चित रुपमा शुरु गरेको हो । बबई नदि कर्णाली, भादा नदिको कामहरुमा ऐतिहासिक काम भएको छ । त्यहाँ तपाईहरु देख्नु भएको छ । हुलाकी सडक देखि लिएर अन्य बाटाहरु उत्तर दक्षिण जोड्ने तमाम बाटाहरु मेरै पालामा शुरु भएको हो । बर्दिया जिल्लामा समृद्धि, बिकासको एउटा नयाँ मोडल, बिकासको एउटा नयाँ आयाम दिने प्रयास जुन मैले गरेको छु । त्यो अपुरा छन् अधुरा छन् । विगतको ४ वर्ष हाम्रो अनपेक्षित भयो । एउटा सांसदले मात्र गर्न सक्ने कुरा थिएन । केन्द्रमा एमाले कै सरकार थियो । प्रदेश उहाँहरुको प्रत्यक्षमा थियो । त्यसकारण अहिले नेपाली कांग्रेस पार्टी माथी एमाले यो मिथ्याको कुरा गर्नु बेकार छ । वास्तवमा जति हामीले गरयौ त्यति कुरा कसैले पनि गर्न सकेन ।

अहिले कांग्रेस र माओबादीहरु एक ठाउँमा बसेर गठबन्धनको हामीले नेतृत्व गरीरहेका छौं । अब पनि सरकार गठबन्धनकै बन्छ । प्रदेस सरकार गठबन्धनकै बन्छ । स्थानिय तहपनि अधिकांस ठाउँमा गठबन्धनका साथीहरु छौं । हामीले तलदेखि माथि सम्म यसलाई ब्यवस्थित गर्छौ । सँगसँगै सुकुम्वासीहरुको समस्या बर्दियामा ठूलो छ । मुक्तकमैयाको अझै ब्यवस्थापन हुन सकीराखेको छैन । त्यो सबै कुरामा हाम्रो ध्यान गएको छ । हामीले प्राथमिकतामा सुकुम्बासीको समस्या पनि समाधान गर्छौ । बर्दिया जिल्लामा एउटा नाका र भन्सारको आवस्यकता छ । मैले बारम्बार कुरा उठाएको छु । त्यसको समस्यालाई समाधान गर्छौ । यति ठूलो राष्ट्रिय निकुञ्जले ५२ प्रतिशत क्षेत्र ओगटेको छ । मध्यवर्ती क्षेत्रमा धेरै जनताहरु दुःख पाएका छन् । तारबारको समस्या छ । यो समस्यालाई मानव र बन्यजन्तु विच धनजनको क्षती न्यूनिकरण गर्ने किसिमका कार्यक्रम ल्याउनु पर्नेछ । त्यो सबै कुराका लागि पनि मेरो उम्मेदवारी आवस्यक छ । मैले शुरु गरेका कतिपय आयोजना पूर्णता दिनुपर्ने पनि छ । यो समय हाम्रो बर्दियाको लागि स्वर्णिम समय हो । यो समयमा मेरो आदरर्णीय बर्दियाबासीले मलाई अवसर दिनुहुनेछ र मैले फेरी अवसर पाउनेछु भन्ने कुरामा ढुक्क छु ।

तपाई दुई पटक जितेरपनि केही गर्नु भएन भन्ने चर्चा छ नी ?

त्यो त कपोकल्पित हल्ला हो । चुनाबको बेलामा आउने कुरा हो । बर्दियाबासीले परिवर्तनको अनुभुति गरेका छन् । जे जति काम भएको छ त्यो मेरै पालामा भएको छ । त्यसकारण बर्दिया जिल्लाका साथीहरुले मलाई पुरा माँया गर्नु भएको छ । विकासको कुरा भनेको कस्तो हो भने पूर्णता एकै पल्टमा पाइदैन् पूर्णता प्राप्त गर्नमा समय लाग्छ हामीले नव निर्माणको युग बर्दियामा शुरु गरेका छौ तपाईले बर्दियामा हेर्नु भएकै होला । यो ५ वर्षमा एउटा नयाँ आयाम थपेर उचाईमा पुरयाउँछु ।

अन्त्यमा, मतदातालाई के भन्नुहुन्छ ?

उहाँहरुलाई निराश पार्दिन उहाँहरुको हक हित, बिकासका लागि उपयुक्त सम्भावना लिएर बसेको छु । यो क्षेत्र उद्योगधन्दा, कलकारखाना, यातायातको विकास, सिंचाइ सुविधाको व्यस्थापनका लागि मेरो जिल्लामा ध्यान हुन्छ । राष्ट्रिय राजनितिमा यो संविधानको रक्षा गर्ने र मुलुकलाई अग्रगमनमा लिएर जाने सुशासन दिने भ्रष्टाचारमुक्त क्षेत्र स्थापित गर्ने र नेपाललाई समृद्धिको नयाँ आयाम, नयाँ दिशा दिने हाम्रो योजना छ । त्यहि भएर हामीले गठबन्धन गरेको हो । हामी संविधानको रक्षा गर्ने सर्वप्रथम हाम्रो दायित्व हो । त्यसपछि मुलकमा स्थिरता दिदैँ बिकासको गतिलिने हाम्रो चाहाना छ । तपाईहरुलाई थाहा होला यति बेला राजनितिक दलहरु प्रति वितृष्णा बढिरहेको बेला छ । यति बेला हामीले आम जनतामा आशाको संचार गरेर हामी राजनितिक दलहरुले राम्रो काम गनुपर्ने बेला छ । त्यो राम्रो काम गर्न म दबाब दिन्छु म आफु पनि लाग्छु । हामीले एउटा नयाँ परिवर्तनको सम्भावना खोजेर अघि बढ्छौं । धन्यवाद ।

तपाइको मत