fbpx

बर्दियाको समृद्धिको लागि मेरो उम्मेदवारी : लक्ष्मणराज ज्ञवाली

बर्दियाको समृद्धिको लागि मेरो उम्मेदवारी : लक्ष्मणराज ज्ञवाली


बर्दियामा प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी माहौल तातिएको छ । उम्मेदवारहरु जनताको घरदैलोमा पुग्न भ्याई नभ्याई छ । बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेबिच चुनावी प्रतिस्पर्धा छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज लक्ष्मणराज ज्ञवाली प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर १ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ । ज्ञवालीलाई वामदेव गौतमको सर्मथन रहेको छ । प्रस्तुत छ, आसन्न निर्वाचनका सन्दर्भमा चुरेकुञ्जकर्मी प्रमिला चौधरीको सहयोगमा तयार पारिएको कुराकानीको सारअंश ।

वाम लोकतान्त्रिक गठबन्धनसँग प्रतिस्पर्धामा हुनुहुन्छ, कसैसँग एलाईन्स गर्नु भएको छकी नाई ?

हाम्रो कसैसंग पनि एलाइन्स छैन । हामी एक्लै लडेका छौं । बर्दिया जिल्ला भरि दुई ओटा संघिय निर्वाचन क्षेत्र र चार ओटा निर्वाचन क्षेत्रमा हामी एक्ला एक्लै लडेका छौ । तर हामी विभिन्न संघसंस्थाहरु, विभिन्न व्यक्तित्वहरु र आमजनताले हामीलाई समर्थन गर्नुहुन्छ । विभिन्न बौद्धिक वर्ग आम जनसमुदायसंग हामीले सहयोगको अपेक्षा गरेका छौं । उहाँहरु सहयोग गर्नुहुन्छ । नेकपा एमालेले बर्दियाको दुई वटा प्रतिनिधि सभा र ४ ओटा प्रदेससभामा सदस्य पदको लागि उम्मेदवार खडा गरेको छ । जस अन्र्तगत प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर १ को उम्मेदरवारका रुपमा म अघि बढेको छु । प्रदेस सभा सदस्य क्षेत्र नम्वर १ (१) मा सालीकराम अधिकारी, १ (२) मा भक्तबहादुर विश्वकर्मा हुनुहुन्छ । त्यस्तै प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ बाट पंकजसिंह राठौरको हाम्रो पार्टीबाट उम्मेदवारी छ । प्रदेस सभा सदस्य क्षेत्र नम्वर २ (१) मा लहानु थारु र २ (२) बाट कृष्णि चौधरीको उम्मेदवारी छ ।

पहिलो कुरा यो गठबन्धन स्वार्थको गठबन्धन हो । यो गठबन्धन सत्ता प्राप्तीका लागि मात्र केन्द्रित छ । जनताको सेवामा, देशको सेवामा समर्पित छैन । योे स्वार्थमा केन्द्रित छ । दोस्रो कुरा जन्ताहरु स्वतन्त्र छन् । गठबन्धनले भन्दैमा भोट हाल्दैनन गठबन्धन भित्र पनि अनेक खालका विरोधहरु छन् । यिनीहरु स्वार्थको कारणले भएकोले त्यहाँ भित्र धेरै अन्तर विरोधहरु छन् । यद्यपि उहाँहरु आफनो तरिकाले काम गर्दै हिड्नुभाको छ । तर यो जनताको, राष्ट्रको, देश र जनताको समृद्धिको निम्ती छैन । त्यसकारणले जनताहरुले हामीलाई जसरी नेकपा एमाले र हामी यहाँ कार्यकर्ताहरु जनताको सेवामा छौ समर्पित भयौँ त्यसै गरेर जनताहरुले हामीलाई भोट दिनुहुन्छ । हामी यहाँको विकास, समृद्धिका निम्ती समर्पित रहन्छौ ।

यस क्षेत्रको समग्र बिकासको लागि कस्तो योजना अघि सार्नु भएको छ ?

पहिलो कुरा प्रतिनिधि सभामा जानु भनेको कानुन बनाउनु हो । मुल कुरा हामी विभिन्न पक्षमा जनताको बिचमा कानुन बनाउछौँ । दोस्रो कुरा त्यहाँ सरकार बनाउने कुरा हुन्छ । त्यसकारण हामी यो काम गरिरहेका छौ । देशको साथै हामी यहाँको विकास र समृद्धिको निम्ती लाग्छौ । मुलत हामीले यातायात, पुल, बाटोघाटोको कुरा गरेका छौँ । जनताहरुले खाने, लाउने बस्ने, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता कुरालाई लागु गराउनको लागि हामी काम गछौँ । यसको निम्ती सुकुम्बासी, भुमिहिनहरुलाई बसोबासको व्यवस्था गर्नुपर्छ । यातायातको सन्दर्भमा बाटोघाटो लगायत रम्मापुर र गुलरिया जोड्ने बाटोको व्यवस्था गर्नुपर्छ । जब्दी पुल भत्केको छ यो पुललाई हाम्रो कार्यकालमा निर्माण गरेर देखाउँछौ । दोस्रो कुरा नेकपा एमालेको सरकार भइसकेपछि सिमा क्षेत्रहरु छन् त्यहाँ जनताहरु समस्या भोगिराखेका छन् । हामीले व्यापारीक नाका खेल्ने कुरा गरेका छौ । किसानहरुलाई मल विउको व्यवस्था गर्ने कुरा गरेका छौँ, रोजगारीको कुरा गर्ने गरेका छौँ । त्यस्तै तटबन्धन, नदि नियन्त्रण गरेर यहाँहरुको समस्या को समाधान गर्नुपर्छ भन्ने छ । शिक्षाको स्वास्थ्यको क्षेत्रमा समस्याहरु देखापरेका छन् । स्तरीय शिक्षा र स्तरीय स्वास्थ्य सेवा हाम्रो नारा हो । यही कुरालाई हामी मुलभुत रुपमा अगाडी सारेका छौँ ।

अन्त्यमा मतदाताहरुलाई के भन्नु हुन्छ ?

मतदाताहरुले स्वतन्त्र रुपले आफनो निर्णय गर्नुृस् । हामीले जसरी नेकपा एमालेको सरकार हुँदा विकासका योजनाहरु अगाडी सारेका थियौं एउटा लहर सिर्जना भएको थियो । त्यसलाई हामी निरन्तरता दिन्छौँ । यो निर्वाचन क्षेत्रमा जनताहरुले स्वतन्त्र ढंगले आफनो निर्णय गर्नुहोस् । गठबन्धन भन्दैमा नक्कली कुरा गदैँमा कसैले भुल भुलैयामा पार्दैमा तपाई भुल भुलैयामा नपर्नुस् । अहिले जितेर गएका प्रतिनिधि फेरी पनि चुनावी मैदानमा छन् । उहाँहरुले खासै उल्लेखनिय काम गर्नुभएको छैन् । हामीलाई परिक्षामा बस्न दिनुस् पास हुने, फेल हुने, फस्ट हुने, को, के, हो हामी आफै परिणाम देखाउने छौ । यसपल्ट तपाईहरुले नयाँ निर्णय गर्नुस् सबै पुराना अनुहारले यो देशको यो समाजको यो ठाउँको यो हाम्रो गाउँको काम गरेनन । म गरेर देखाउछु भनेर जनताहरुलाई आव्हान गर्न चाहान्छु । धन्यवाद ।

तपाइको मत