fbpx

प्रहरीलाई सिकाई अभ्यास गर्न नमूना मतदान

प्रहरीलाई सिकाई अभ्यास गर्न नमूना मतदान

चुरेकुञ्ज, गुलरिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा सदरमुकाम गुलरिया स्थित कार्यालय परिसरमा आयोजित नमूना मतदान स्थलमा अभ्यासका क्रममा मतदान बिथोल्न खोज्ने युवालाई प्रहरीले अभिनयका क्रममा नियन्त्रणमा लिए लगत्तै नमूना मतदान कार्य एकैछिनमा स्थगन गरियो । सर्वपक्षिय छलफल पश्चात मतदान अधिकृतले घोषणा गरेपछि पुन नमूना मतदानको प्रकृया अघि बढाईयो । अभिनयगर्दै प्रहरीलाई सिकाई अभ्यासको लागि नमूना मतदान गरिएको हो ।

प्रहरी लगायत म्यादी प्रहरीहरुको सिकाई अभ्यासका लागि आयोजना गरिएको नमूना मतदान कार्यमा जिल्ला न्यायाधिश एवम मुख्य निर्वाचन अधिकृतको समुपस्थितीमा प्रमुख जिल्ला अधिकारी, कर्मचारी, प्रहरी, पत्रकार लगायत स्थानियले नमूना मतदान गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए । मतदानको जस्तै प्रकृया गरेर सुरक्षाकर्मीहरुलाई सिकाई गरायौं । निर्वाचन विथोल्न खोजेमा सुरक्षाकर्मी कसरी परिचालित हुने यसले निर्वाचनका दिन सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उपलब्धीमूलक सिकाई प्रवाह गर्छ । उनले भने हामीले आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तैयारी गरेका छौ ।

नमूना मतदान कार्यले सुरक्षाकर्मीहरुलाई प्रत्यक्ष रुपमा उपलब्धीमूलक सिकाई प्राप्त भएको प्रहरी उपरिक्षक शाहीको भनाई छ । सिमा सुरक्षा, मतदान केन्द्र, मतदान स्थल लगायतका क्षेत्रको निगरानी बढाएका छौं । उनले भने यतिखेर चुनावी प्रचारप्रसार बढिरहेको छ । प्रचार प्रसारमा हुन सक्ने अवाञ्छनिय कृयाकलापहरु रोक्न हाम्रो टीम परिचालित छ । कही कतै आपराधिक गतिविधिको आसंका लागे तत्काल प्रहरीलाई खबर गर्न उनले अनुरोध गरे । निर्वाचन सम्पन्न गर्न प्रहरी मात्र नभई दल, उम्मेदवार, मतदाता लगायत सम्पूर्ण सरोकारवालाहरुको भुमिका अपरिहार्य छ ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाले विभिन्न पालिकाहरुमा नमूना मतदान सम्पन्न गरेको छ । मतदानका क्रममा लाईनमा सरीक भएका ४० जना मतदाताहरुले नमूना मतदान गरेका छन् । जसमध्ये दुईवटा मतपत्र बदर भएको छ । एउटा मतपत्रमा औंठा छाप लागेको छ भने अर्को मतपत्रमा दुई वटा चिन्हमा छाप लगाईएको पाईएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । नमूना मतदानमा खसेको मतको ५ प्रतिशत मत बदर भएको छ । खसेको मतमध्ये ३८ वटा मत सदर भए । आसन्न मंसिर ४ गतेको निर्वाचन स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सबै किसिमको तयारी अवस्था छ । मतपत्रहरु ४ वटा भएकाले पनि मतदाताहरु नझुक्किउन भनेर छाप लगाउने ठाउँ र मत खसाल्ने बाकस देखाउन सुरक्षाकर्मी परिचालन गछौं ।

तपाइको मत