fbpx

बर्दियामा भाले पाटेबाघको आक्रमणबाट पोथी बाघको मृत्यु

बर्दियामा भाले पाटेबाघको आक्रमणबाट पोथी बाघको मृत्यु

चुरेकुञ्ज, गुलरिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर ८ स्थित गणेश शिवदुर्गा सामुदायिक बनमा मृत पाटेबाघ फेला परेको छ । जंगल भित्र मृत्यु भएको अवस्थामा वयस्क पोथी पाटेबाघ भेटिएको हो ।

मधुवन स्थित सामुदायिक बन भित्र वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजनल वन अधिकृत प्रविण विडारीले पुष्टि गरे । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी) सहितको प्राविधिक टोली घटना स्थलमा पुगेको उनले जानकारी दिए । पोष्ट मार्टम र अन्य रिपोर्ट पछि मात्र घटनाको यकिन विवरण बाहिर आउने विडारीको भनाई छ ।

सामुदायिक वनमा भालेसँगको लडाईमा पोथी बाघको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले जानकारी दिए । यौन एवम् आधार ईलाका निर्माणका क्रममा बाघहरुबिच लडाई हुने उनीहरुको सामान्य प्रकृया भएकाले कतिपय बाघहरु बाघकै आक्रमणबाट मर्ने गरेको पाईन्छ । उनले भने हाम्रो टोली घटना स्थलमा छ । बाघको उचाई, लम्बाई, उमेर लगायतका अन्य विवरण संकलन भैरहेको छ ।

तपाइको मत