fbpx

बर्दियाको नमस्ते सहकारी प्रकरणप्रति उम्मेदवारको चाँसो

बर्दियाको नमस्ते सहकारी प्रकरणप्रति उम्मेदवारको चाँसो

विष्णु अधिकारी, बर्दिया । चुनाव नजिकिए संगै दलहरुले बर्दियामा चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । जनताको मनजित्न उम्मेदवारहरु घरदैलोमा मतमाग्दै हिडिरहेका छन् । यसैक्रममा बर्दियाको गुलरियामा संचालित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक वेपत्ता भएपछि सानाठुला व्यापारीहरुको करोडौं रकम डुब्ने देखिएपछि ब्यवसायीहरु चिन्तामा छन् ।

अध्यक्ष र प्रबन्धक सम्पर्क विहिन भएपछि शेयर सदस्यहरुको आफ्नो रकम के भन्ने चिन्ताले पिरोलिरहेको छ । बचतकर्ताहरु चिन्तित भएको बेला सहकारी प्रकरणले उम्मेदवारहरुलाई पनि पिरोलेको छ । नेकपा एमाले बर्दिया क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मण ज्ञवालीले रकम फिर्ता गराउन पहल गर्ने बताउनु भएको छ । सडक किनारामा ठेला तथा अन्य व्यापार गरि दैनिक रुपमा जम्मा गरेको रकम डुब्ने चिन्तित स्थानीय व्यवसायीलाई निरास नबन्न ज्ञवालीले आग्रह गर्नु भएको छ । आफुले पार्टीका तर्फबाट प्रशासनलाई सहकारीका सम्पर्क विहिन व्यक्तिहरुलाई खोज तलास गरि पैसा फिर्ता गराउन पहल गर्ने चुनावी प्रचारको क्रममा प्रतिवद्धता जनाउनु भएको छ ।

स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछानेले बर्दियाको सदरमुकाम गुलरिया स्थित राधाकृष्ण चोकमा आयोजित कोणसभामा निर्वाचनपछि नमस्ते सहकारीको खोज तलासमा लागि बचतकर्ताको रकम फिर्ता गर्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार संजयकुमार गौतमले विज्ञप्ती जारीगर्दै सदस्यहरुको पक्षमा आफू रहेको र उनीहरुलाई न्याय दिलाउन लागिपर्ने बताउनु भएको छ ।

गुलरियामा संचालित नमस्ते बचत तथा ऋण सहकारी संंस्थाका अध्यक्ष तथा प्रबन्धक सम्पर्क विहिन भएका कारण बचतकर्ताहरु मर्कामा परेको नेकपा राष्ट्रिय एकता अभियानको केन्द्रिय सदस्य ज्ञानुमाया रिजालले बताउनु भयो । रिजालले गरिब दुःखी जनताले खाइनखाई जम्मा गरेको रकम फिर्ता गर्नका लागि आफु र आफ्नो एकता अभियान सधै जनताको पक्षमा रहेको उहाँको भनाई छ ।

तपाइको मत