मेरो उम्मेदवारी कसैप्रति लक्षित छैन : स्वतन्त्र उम्मेदवार पोखरेल
- बुधबार कार्तिक २३ , २०७९
निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । बर्दियामा राजनितिक दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली काँग्रेस पार्टी छाडेर प्रदेस सभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नम्वर १ (२) बाट सुभास कुमार पोखरेलले उम्मेदवारी दिनु भएको छ । प्रस्तुत छ स्वतन्त्र उम्मेदवार पोखरेलसँग गरिएको कुराकानीको सार अंश ।
तपाई नेपाली काँग्रेसको पूरानो नेता भएरपनि किन पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिनु भयो ?
पहिलो कुरा त म पार्टीबाट टिकट नपाएर मेरो स्वतन्त्र उमेरद्वारी होइन् । यसमा सबै जनाप्रस्ट हुनुस् भन्न चाहान्छु । मेरो स्वतन्त्र उमेरद्वारी कुनै पार्टी प्रति लक्षित या कुनौ उमेरद्वार प्रति लक्षित या कसैप्रति आग्रह, पूर्वाग्रह होईन । आज देशमा जसरी राजनितिक दलहरुको वेतिथी प्रति पढेलेखेका युवाहरु, गाँउका सामान्य मतदाताहरु पनि राजनितिक दललाई गाली गरिराखेका छन् । जब कि विश्वमा सबभन्दा राम्रो व्यवस्था नै लोकतन्त्र हो । लोकतन्त्र र देश बनाउने काम पनि राजनितिककै हो, यसमा दुई राय छैन् । तर राजनितिक दलप्रति कसरी वितृष्णा जाग्यो त पढेलेखेका युवाहरुमा भनेपछि यसमा कहिनकहि दलहरु चुकेका छन्, कहिनकहि लोकतन्त्र स्थापित गर्ने क्रममा या लोकतन्त्र संस्थागत गर्ने क्रममा या यो लोकतान्त्रिक पद्धतीलाई जनजनको मनमनको लोकतान्त्रिक पद्धती बनाउने क्रममा कहिनकहि दलहरु चुकेका छन् । यहाँका आम मतदाता, पढेलेखेका शिक्षित युवाहमा दल प्रतिको जुन वितृष्णा छ । यो वितृष्णाका कारणले पनि मैले युवाहरुलाई राजनिति नै मुलुकलाई बनाउन सक्छ भन्ने सन्देश दिन युवाहरुलाई स्वच्छ राजनितिमा आउनको लागि मैले आफनो उमेरद्वारी दिएको हो । मैले कुनै पार्टीबाट टिकट या पद नपाएर आफनो उमेरद्वारी दिएको होइन् ।
तपाईहरुले मेरो पहिलेका भिडियो किलिपहरु हेर्न सक्नुहुन्छ । मेरो नामको फेसबुक आइडी खोलेर हेर्न सक्नुहुन्छ । मैले धेरै पटक पार्टीमा यि कुराहरु उठाएको छु । नेपाली कांग्रेस आज प्रजातान्त्रिक समाजवाद सानदाजुले प्रतिपादीत गरेको सिद्धान्त प्रजातान्त्रिक समाजवादलाई नेपाली कांगे्रसले अंगिकार गर्न छोडेको छ । जस्को फलस्वरुप पार्टी भित्र पनि धेरै नै विचलन आइसकेको छ । प्रजातान्त्रिक अभ्यासका कुराहरु पार्टीभित्र सहमतिय कार्यका कुराहरु र समग्रमा सानदाजुलाई फलो गर्ने कुराहरु छन् । प्रत्येक पटक नेपाली कांग्रेसका कार्यकर्ता, प्रत्येक कार्यक्रममा सानदाजुलाई माल्यार्पण गर्दछन् तर मेलै भन्ने गरेको छु जहिले पनि सानदाजुलाई माल्यार्पणले मात्र हुदैन । नेपाली कांग्रेस भित्र सानदाजुको विचारलाई प्रभावित गर्न सक्यौं भने मात्रै हामी प्रजातान्त्रिक समाजवादलाई लागु गर्न सक्छौ र यो मुलुकको लोकतन्त्र स्थापित गर्न सक्छौ भनेर बारम्बार भनेको छु । यो जति भन्दा पनि नेतृत्व आफनै हिसाबले ढंगले हिड्न लाग्यो त्यसकारणले पनि म आफलाई त्यहाँ भन्दा पृथक राखेर आफनो स्वतन्त्र उमेरद्धारी दिएको हु ।
निर्वाचनमा तपाईका एजेण्डा केके हुन् त ?
मैले विशेष गरी आफना प्रति दुई ओटा पत्र बनाएको छु । त्यसमा मैले धेरै कुरालाई समेटेर राखेको छु । एउटा सांसद प्रदेस सभा सदस्यले मुलत दुई ओटा काम गर्नुपर्छ भन्ने मलाई लागेको छ । एउटा प्रत्यक्ष रुपमा जनताको आवाज बन्नुपर्छ भने अर्को यहाँबाट विजय भएर गइसकेपछि सदनमा प्रत्येक कुराको नितिगत निर्णयहरु गर्दिनुपर्छ । एउटा प्रदेश सभा सदस्यले म पुल बनाइदिन्छु बाटो बनाइदिन्छु । कलभर्ट बनाइदिन्छु । भुमिहिनलाई जग्गा बाड्छु भन्ने होइन बरु त्यसलाई सदनमा गएर यावत जनचाँसोका विषयलाई सदनमा कुरा उठाएर तिनिहरुको बारेमा नितिगत निर्णय गराएर भुमिहिनको समस्याका समाधान देखी लिएर जनचाँसो विकास निर्माणका कुराहरुलाई नितिगत निर्णय गरेर त्यसलाई कार्यान्वयन पक्षमा लगायो भने मात्र त्यो सफल हुन्छ होइन भने एउटा प्रदेश सदस्य सांसद जतिबेला पनि जनताका बिचमा जाने तपाईहरुलाई यो गर्दिन्छु उ गर्दिन्छुु भन्दै खाली भोट मात्र लिने काम हुन्छ । यहि सब कारणलेपनि अहिलेको युवाहरुको राजनिति प्रतिको वितृष्णाले लोकतन्त्र प्रतिकै बितृष्णा भएको हो भन्ने भैरहेको छ । त्यसैले निति निर्णयमा यस बिषयलाई जोड दिनु पर्छ । त्यो नितिगत निर्णयले बिकासका कुराहरु सामाजिक विकास, आर्थिक विकास, सामाजिक विकास, राजनितिक विकास यि यावत् विकासका कुरालाई नितिगत निर्णयमा लगेर त्यसलाई कार्यान्वयन पक्षमा लग्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
मैले आफ्नो एजेण्डामा धेरै कुरा राखेको छु तर मुलतः तिन वटा कुरालाई बिषेश जोड दिएको छु । मतदाताहरुको विचमा पहिलो कुरा युवाहरुलाई स्वच्छ राजनितिमा सहभागी गराउँ र राजानिति नभई मुलुक बन्दैन भन्ने संदेश दिनको लागि स्वच्छ राजनिति, तिगडमबाज राजनिति होईन, जालझेलको राजनिति होईन । स्वच्छ राजनितिमा युवाहरुलाई प्रवेश गराउनु पर्छ र ति पढेलेखेका युवाहरुले मुलुक बनाउँछन् भन्ने मान्यता हो । दोस्रो अहिलेको महिलालाई आरक्षणका नाममा ३३ प्रतिशत सहभागी गराएर जहाँपनि सहभागी गराउने बहुत राम्रो कुरा हो । तर म के चाहान्छु भनेपछि हामी दुरदराजका ईलाकामा वस्ने सामाजिक कार्यकर्ता, राजनितिक कार्यकर्तालाई म के चाहान्छु भने महिलालाई सवल वनाएर सक्षम बनाएर उनीहरुलाई देशको राजनितिक आर्थिक र सामाजिक मुल धारमा लिएर आउनुपर्छ । अनिमात्र महिलाको पनि प्रगती हुन्छ । महिलाको ३३ प्रतिशत प्रतिनिधित्व छ त्यसलाई पनि बढाएर महिलालाई सक्षम बनाएर प्रतिनिधित्व गराउनु पर्छ । अहिले गराएको प्रतिनिधित्व राम्रो छ तर उनीहरुलाई पनि सक्षम बनाउनु पर्छ भन्ने हो । तेस्रो राजनितिक भ्रष्टाचारमुक्त हुनुपर्छ । आज आम जनतासँगको विषय छ र राजनितिमा राजनितिमा भ्रष्टाचार बढी छ । तपाईहरुले चौतर्फी सुन्नु भएको होला राजनितिमा भ्रष्टाचार ब्यापक छ । करोडौं रुपैयाबाट निर्वाचित निर्वाचनमा खर्च गर्ने र त्यो अरवौं रुपैया उठाउने र जुन क्षतीपूर्ति उठाउने बिकास भएको छ त्यस्तो बिकासको अन्त्य हुनुपर्छ । मैले जहिलेपनि भन्ने गर्छु म अनावस्यक एक रुपैया पनि खर्च गर्दैन र भ्रष्टाचार पनि गर्दैन ।
अन्त्यमा मतदातालाई के भन्नुहुन्छ ?
मिडिया मार्फत म आम जनतालाई के भन्न चाहान्छु भने १ रुपैया पनि भ्रष्टाचार गरेको तपाईहरुले थाहा पाउनु भयो भने म त्यही दिन आफ्नो पद त्याग गर्दिन्छु म भ्रष्टाचार गर्दैन भन्ने मैले प्रतिवद्धता गर्दछु । म आम जनताहरुलाई अनुरोध गर्न चाहान्छु राजनितिलाई सही दिशा दिनको लागि हामी जस्ता जनताहरु जसले स्पष्ट बोल्छ, जनताको आवाज बोल्छ र भ्रष्टाचार निर्मूल पार्नुपर्छ भनेर जसरी हामी लागेका छौं हामी जस्ता मान्छेलाई चिनेर प्रदेस सभामा पठाउनु भयो भने जनताको आवाज बोल्छ र विकास निर्माणका कामदेखि लिएर आम मानिसलाई जागरुक बनाउन मद्दत पुग्दछ । प्रतिनिधि सभा १ (२) मा मलाई चुनाव चिन्ह बल्बमा मतदान गरी विजयी बनाईदिन हुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।