fbpx

गौतमलाई मन्त्री बन्न कसैले रोक्दैन : केन्द्रिय सदस्य रिजाल

गौतमलाई मन्त्री बन्न कसैले रोक्दैन : केन्द्रिय सदस्य रिजाल


मुरली गोडिया, गुलरिया । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले संजय गौतम बर्दियाबाट जितेर गए मन्त्री बन्ने बताउनु भएको छ । कार्यकर्ता भेटघाटका क्रममा बर्दिया आउनु भएका रिजालले बारबर्दियामा कार्यकर्ता भेटघाटका क्रममा गौतम मन्त्री बन्ने दाबी गर्नु भएको हो ।

बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट गौतम उम्मेदवार बन्नु भएको स्मरण गराउँदै नेता रिजालले निर्वाचन जितेर गए मन्त्री बन्न गौतमलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । बर्दियामा देखिएको कृषी, सिचाई, बेरोजगारी, तथा वन्यजन्तुको आक्रमणको समस्या समाधान गर्न गौतमलार्ई जिताउनु पर्नेमा उहाँको जोड थियो ।

बर्दियाको समस्या समाधान गर्न गठबन्धनको जीत अपरिहार्य रहेको तर्कगर्दै प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (२) की उम्मेदवार अञ्जु दहित पनि प्रदेसबाट जितेर गए मन्त्री बन्ने ठोकुवागर्दै केन्द्रिय सदस्य रिजालले बर्दियालाई समृद्ध बनाउन गठबन्धनका उम्मेदवारले जित्नुपर्ने जिकिर गर्नुभयो । रिजालसंगै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले, केन्द्रिय सदस्य गोविन्द पोख्रेलको टोली बर्दिया आएको हो ।

तपाइको मत