लुम्बिनी प्रदेसका सबै जिल्लामा थारु महिलाको मतदाता शिक्षा
- मंगलबार कार्तिक २२ , २०७९
मुरली गोडिया, गुलरिया (बर्दिया) । अगामी मंसीर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेस सभा सदस्य पदका लागी देशभर निर्वाचन हुँदैछ । मतदान गर्ने सहि तरिका बारे जानकारी नहुँदा धेरै मत बदर हुने गरेको छ ।
आगामी निर्वाचनका लागी संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा थारु महिला उत्थान केन्द्रको साझेदारीमा निर्वाचन सहयोग कार्यक्रम लु्म्बिनी प्रदेशभर चलि रहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरेर १३ हजार मतदातालाई शिक्षित गरिने थारु महिला उत्थान केन्द्र बर्दियाले जनाएको छ । संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी मतदाता शिक्षा मार्पmत हुन सक्ने सम्भावित बदर मतलाई न्युन गर्ने उद्धेश्यले मतदाता शिक्षा कार्यक्रम संचालन भइरहेको केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले जानकारी दिनुभयो ।
लुम्विनी प्रदेसका १२ वटा जिल्लामा २ जनाको दरले सहजकर्ताहरुले गाउँ तथा समुदायमा पुगी मतदाताहरुलाई मतदान गर्ने सहि तरिका बारे सहजीकरण गरि रहेको उहाँको भनाई छ । दाङ्गमा ४ जना सहजकर्ता खटिएका छन भने बाँकी जिल्लामा २ जनाका दरले सहजकर्ताहरुले सहजीकरण गरि रहेका छन । यति बेला जिल्लाका विभिन्न कतिपय पालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न भइसकेका छन भने अन्य पालिकामा संचालन हुने क्रममा रहेका छन् ।