fbpx

ठाकुरबाबामा नमूना मतदान : प्रतिनिधि सभाको २ मत बदर

ठाकुरबाबामा नमूना मतदान : प्रतिनिधि सभाको २ मत बदर


भिमा कंडेल, बर्दिया । आसन्न मंसिर ४ गते हुने प्रदेस सभा तथा प्रतिनीधी सभा सदस्य निर्वाचनमा मत बदरको संख्या कम गर्न ठाकुरबाबा नगरपालिकामा नमुना मतदान अभ्यास गरिएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर मतको संख्या बढी भएकाले यस पटक मत बदर कम गर्न मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्ण बहादुर केसीले बताउनु भयो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बर्दियाको ८ वटा स्थानीय तहका ७५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको उहाँको भनाई छ । ठाकुरबाबा नगरपालिका वडा नम्वर १ मा गरिएको नमुना मतदान कार्यक्रममा महिला र पुरुष गरी जम्मा ७२ जना मतदाताको सहभागीता रहेको थियो । नमुना मतदानका क्रममा प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मात्रै मत गणना गरिएको थियो । जसमा खसेको ७२ वटा मत मध्ये २ वटा मत बदर भएको केसीले जानकारी दिनुभयो ।


निर्वाचनमा मतदातालाई सहजता दिन तथा मतदान केन्द्रसम्म पुग्न, मतदान कति ठाउँमा गर्नेे, कसरी मतदान गर्ने, मतपत्र मतपेटिकामा कसरी खसाल्ने लगायत मत पत्र बदर नहोस भनि सचेत बनाउन नमुना मतदान कार्यक्रमको आयोजना गरिएको हो । नमुना मतदानको अभ्यास गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकामा सम्पन्न भैसकेकोछ । कात्तिक १७ गते बिहिबारबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताईएको छ । ठाकुरबाबा नगरपालिकामा मतदाता शिक्षा कार्यक्रमका लागि वडा तहमा कर्मचारी परिचालन गरी मतदाता शिक्षा सुरु गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले जानकारी दिनु भएको छ ।

तपाइको मत