fbpx

राष्ट्रिय एकता अभियान बर्दियाको समर्थन नेकपा एमालेलाई

राष्ट्रिय एकता अभियान बर्दियाको समर्थन नेकपा एमालेलाई


विष्णु अधिकारी, बर्दिया । नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एमालेलाई आगामी निर्वाचनमा समर्थन गर्ने भएको छ । सोमवार बर्दियाको गुलरियामा पत्रकार सम्मेलन मार्फत एमालेलाई सर्मथन दिएको राष्ट्रिय एकता अभियानले जानकारी गराएको हो ।

अभियानद्वारा जारी गरेको प्रेस विज्ञप्तीमा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको मार्गदर्शनमा तत्कालिन परिस्थितीमा निर्वाचन वहिष्कार गर्न नहुने र सिद्धान्त विहिन पार्टीहरुलाई मतदान गर्न पनि नसकिने अवस्थामा नेकपा एमाले लाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समर्थन गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय एकता अभियान बर्दिया जिल्ला ईन्चार्ज कुमारी तोफा यादवले अभियानको केन्द्रिय निर्देशन अनुसार चुनावी अभियानमा सहभागि हुने बताउनु भएको छ । वाम एकता अपरिहार्य रहेतापनि एकता हुन नसकिरहेको अवस्थामा एकता अभियानले आफुहरुको विचारसँग नजिक रहेको नेकपा एमाले पार्टीलाई सहयोग, समर्थन रहेको राष्ट्रिय एकता अभियानका केन्द्रिय सदस्य ज्ञानुमाया रिजालले बताउनु भयो ।

नेकपा एमालेलाई चुनावी अभियानमा सफल बनाउनका लागि नेकपा एकता राष्ट्रिय अभियान सम्पर्क कार्यालय बर्दियाको गुलरियामा खोलिएको केन्द्रिय सदस्य रिजालले बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेद्वार लक्ष्मण ज्ञवालीले एकता अभियानले थालेको प्रयासलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

तपाइको मत