fbpx

नागरिक उन्मुक्ती पार्टी छिटै राष्ट्रिय पार्टी बन्ने : रञ्जिता चौधरी

नागरिक उन्मुक्ती पार्टी छिटै राष्ट्रिय पार्टी बन्ने : रञ्जिता चौधरी


मिन अधिकारी, राजापुर । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले पहिचान सहितको संघियता स्थापनाको लागि नागरिकहरुले आवाज उठाउँदा थारु भएकै कारणले जेल जानुपर्ने अवस्थाबाट जन्मिएको पार्टी सबै नागरिकहरुको पार्टी बन्दै छिटै राष्ट्रिय पार्टीको मान्यता पाउनेमा आफु विस्वस्थ रहेको बताउनु भएको छ । नागरिक उन्मुक्ति पार्टी क्षेत्रीय समन्वय समिति बर्दियाको आयोजनामा चुनावी बृहत जागरण आम सभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष चौधरीले भोगोलिक, सांस्कृतिक पहिचान सहितको संघियता माग्दा अहिले धेरै लोकतन्त्रवादी नेताहरुको टाउको दुखिरहेको प्रष्ट्याउनु भयो ।

जनताले सबै सत्य तथ्य कुरा बुझिसकेकाले बर्दियाको पहिचान र जनताको अधिकार दिलाउन नागरिक उन्मुक्ति पार्टीलाई प्रतिनिधि सभा र प्रदेश सभामा प¥ुयाउन जनता लागि परेको देख्दा दमनकारी तत्वहरु डराएको उहाँको भनाई छ । समानता सुसाशन र सम्वृद्धि का लागि “न रहुन कोहि बेरोजगार सबै हुन स्वरोजगार र नागरिक उन्मुक्ति पार्टी नै हो विकासको आधार, शान्त सम्मुनत समृृद्ध देश बनाउने जिजिविषा भौगोलिक साँस्कृतिक पहिचान यहि नै हो हाम्रो कार्य दिशा” भन्ने मुल नाराका साथ बृहत साँस्कृतिक कार्यक्रम राजापुरमा सम्पन्न भएको छ ।

यसैगरि बर्दिया प्रदेस सभा क्षेत्र नम्बर २ (२) का प्रत्यक्ष उम्मेदवार धर्म बहादुर चौधरीले मन्दिरै मन्दिर भएको देशमा अपराधीहरु छानिए पछि अपराधको खेल भएको बताउनु भएको छ । आफु सानै देखि यहि माटोमा जन्मिए हुर्किएको हुनाले यहाँ धेरै समस्या देखेको भोगेकोले शिक्षाको किताब बाट धेरै ज्ञान दिन्छु भनेर हिनेको म अहिले राजनितिकमा आउन बाध्य भएको भन्दैै लामो समयको संघर्ष पछि संबिधान ल्याएको भन्दै खुशि भएका पार्टिहरुले थारुहरुलाइ रुवाइरहेको अबस्था छ । उहाँले भन्नुभयो राजापुर पुरानो पश्चिम नेपालको पहिचान बोकेको बजार ओझेलमा परेको छ । यसलाई पछि पार्ने यहाँको नेतृत्व गर्ने शासकहरुले हो भन्दै राजापुरको पहिचान खोज्न र सुसाशन, सम्वृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट्याउनु भयो ।

यस क्षेत्रको विकास र अधिकारको लागी नागरीक उन्मुक्ति पार्टीलाई मतदान गरी बिजय गराउन उहाँको अनुरोध छ । बृहत आम सभामा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालविर चौधरी, नागरीक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार अनिता थारु, प्रदेश सभा समानुपातिक उम्मेदवार चन्द्र बहादुर वि.क लगायतका नेता कार्यकर्ताहरुले कार्यक्रमलाई सम्बोधन गदै नागरीक उन्मुक्ति पार्टीलाई जिताउन सबैले आ आफना क्षेत्रबाट प्रतिनिधि सभाको लागि चुनाव नलका र प्रदेश सभाको लागि ढकियामा मतदान गर्न अनुरोध गरेका छन् ।

हजारौं स्थानियको उपस्थिती रहेको चुनावी बृहत जागरण आमसभा तथा सांस्कृतिक सभामा पहिचानको लडाई लड्दा पहिचान विरोधीहरुले रेशम चौधरीलाई जेल हालेको अवस्था झल्किने र नागरिक उन्मुक्ति पार्टी गरिब, दुखि, विपन्न, पिछडिएको वर्गको अधिकार र पहिचान सहितको विकासको लागि जन्मिएको बारेका गित संगितको माध्यमबाट सचेतपार्दै राष्ट्रिय तथा स्थानिय कलाकारहरुले साँस्कृतिक प्रस्तुती प्रर्दशन गरेका थिए ।

तपाइको मत