fbpx

नेपाली काँग्रेसले गर्यो पदाधिकारीहरुको निलम्बन फुकुवा

नेपाली काँग्रेसले गर्यो पदाधिकारीहरुको निलम्बन फुकुवा


हरिवंश पाण्डे, बर्दिया । नेपाली कांग्रेस जिल्ला कार्य समितिको सिफारिसमा गत स्थानिय तहको निर्वाचनमा पार्टीको नीति विपरित आचरण देखाएकोभन्दै अनुसाशन समिति लुम्बिनी प्रदेशको निर्णय अनुसार निलम्बित नेताहरुको कारवाही फुकुवा गरिएको छ ।

बर्दिया जिल्ला क्षेत्र नम्बर १ (ख) का सभापति वीर बहादुर चौधरी, नेपाल विद्यार्थी संघ बर्दिया जिल्ला कार्य समितिका अध्यक्ष शोभाकान्त पौडेल र गुलरिया नगर कार्य समिति सभापति ईन्द्र कुमार यादव माथि लगाएको निलम्बन फुकुवा गरिएको हो ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै आगामी दिनमा नेपाली कांग्रेसको विधान, नियमावली र पार्टीको निर्देशन र अनुशासनको पालना गर्ने गराउने गरी निलम्बन फुकुवा गरिएको नेपाली कांग्रेस प्रदेश अनुशासन समितिका संयोजक माधव प्रसाद खरेलद्वारा हस्ताक्षिरित पत्र मार्फत जानकारी गराईएको छ ।

तपाइको मत