नागरिक उन्मुक्ती पार्टी परित्याग (विज्ञप्ती सहित)
- आइतबार कार्तिक २० , २०७९
चुरेकुञ्ज, गुलरिया । पार्टीले प्रतिगमनकारी शक्तिसँग साँठगाँठ गरेकोभन्दै नागरिक उन्मुक्ती पार्टी बर्दिया क्षेत्र नम्वर २ का संयोजक मोहनलाल चौधरी लगायतका नेताहरुले पार्टी परित्याग गर्नु भएको छ । पार्टीको निर्णय विपरित बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ मा पार्टीका अध्यक्ष रेशम चौधरीले खारेज हुने उम्मेदवारी दर्ता गराएकोभन्दै उहाँ लगायतका नेताहरुले राजीनामा दिएका छन् ।
बर्दिया क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्दा पार्टीका नेता, पदाधिकारी लगायत निर्वाचन अधिकृतसँग परामर्श गरी सदर हुने भए मात्र रेशम चौधरीको उम्मेदवारी दर्ता गर्ने सल्लाह दिंदादिंदै सल्लाह नमानेर हतारहतारमा वारिस मार्फत बदर हुने उम्मेदवारी दर्ता गराउनु र बिकल्पमा स्वतन्त्र उम्मेदवारको रुपमा पार्टीको जिल्ला कमिटिको निर्णय विपरित कैलाली निवासी आफ्नै वावुको उम्मेदवारी दर्ता गराउनुले नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष परिवारवादमा लिप्त भएको पत्रकार सम्मेलनमा संयोजक चौधरीले जानकारी दिनु भएको छ ।
पार्टीका क्षेत्रीय संयोजक लगायत पार्टीको ठाकुरबावा नगर सदस्य धनीराम चौधरी र सीताराम चौधरीले संयुक्त बक्तब्य जारी गर्नु भएको छ । विज्ञप्तीको पूर्ण पाठ ।
