fbpx

निर्वाचन आचारसंहिता सबैले पालना गरौं

निर्वाचन आचारसंहिता सबैले पालना गरौं


विष्णु अधिकारी, बर्दिया । निर्वाचनलाई शान्त तथा भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता विपरित हुने कार्य रोक्नुपर्नेमा जोड दिईएको छ । निर्वाचनका लागि संचारकर्मीको भूमिका विषयक जिल्ला निर्वाचन कार्यालय बर्दियाको आयोजना तथा पत्रकार महासंघ बर्दियाको संयोजनमा आयोजित अन्र्तक्रियाका सहभागीहरुले निर्वाचन भयरहित बातावरणमा सम्पन्न गराउन सबैजना लाग्नु पर्नेमा जोड दिईएको छ ।

निर्वाचनमा संचारमाध्यम तथा पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र भएर समाचार प्रकासित तथा प्रशारण गरि सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिइएको थियो । निर्वाचनसँग सम्बन्धित आचारसंहिता पालना भए नभएको निगरानी राखी निर्वाचन शान्त तथा भयरहित रुपमा सम्पन्न गर्न संचारमाध्यम तथा पत्रकारहरुको अहम भुमिका रहेको निर्वाचन कार्यालयले जनाएको छ । पत्रकारले निर्वाचन प्रक्रियाको विषयमा मतदातालाई समाचारको माध्यमबाट सु–सुचित गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा निर्वाचनको क्रममा राजनीतिक दल र उम्मेदवारको गतिविधिलाई निगरानी गरि आचारसंहिता उल्लङ्घन गरेको पाएमा समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिस एवम् मुख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले मतदाताको गोपनियता भङ्ग नहुने गरि मतदानका बेला समाचार सम्प्रेण गर्न आग्रह गर्नुभएको छ । मतदानको दिन ४ वटा बाकसमा मतदाताले मत खसाल्नु पर्ने भएकाले मतदान गर्न समय लाग्न सक्ने उहाँको भनाई छ । मतदान देखि मतगणना सम्मको समयमा पत्रकारहरुको पहुँचलाई सहज गराउने विषयमा छलफल गरी सुचना प्राप्तीको समस्या समाधान गर्ने गरी कार्यक्रम बनाईने प्रष्ट्याउनु भयो ।

निर्वाचनको क्रममा कसैले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा उजुरी दिनसक्ने निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्ण बहादुर केसी कुँवरले बताउनु भयो । उम्मेदवारले मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मतदानको दिनसम्म प्रचार प्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा छ । निर्वाचन प्रयोजनका लागि प्रयोग हुने सामाग्रीहरु प्राप्त हुने क्रम जारी रहेको र सामाग्रीहरु मतदान स्थल सम्म पु¥याउने काम तदारुकताका साथ भैरहेको कुँवरले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले निर्वाचन अघिको सुचना प्रशारस गर्दा संचारमाध्यम तथा पत्रकारहरुले पूर्ण रुपमा आचारसंहिता पालना गरिदिनका लागि आग्रह गर्नुभएको छ । समाचारको सत्य, तथ्य सहित सम्प्रेषण नभएमा निर्वाचन प्रक्रियामा अवरोध आउन सक्ने भएकाले संयमित तथा तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाई छ । अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले निर्वाचनमा निर्वाचन आचारसंहिता विपरित हुने कार्य रोक्नका लागि पत्रकारको भुमिकाको विषयमा सहजीकरणगर्दै पत्रकारलाई आवस्यक पर्ने निर्वाचन सम्बन्धी सूचना निर्वाध रुपमा उपलब्ध गराउने ब्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाइको मत