fbpx

ठाकुरबाबा नगरपालिकाले दीर्घरोगका उपचारमा सहयोग गर्ने

ठाकुरबाबा नगरपालिकाले दीर्घरोगका उपचारमा सहयोग गर्ने


भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिकाले पालिकामा गर्ने बिभिन्न कामको विषयमा विविध निर्णयहरु गरेको छ । नगरका मृगौला प्रत्यारोपण गरेका विरामी, डाईलासिसमा रहेका, क्यान्सर रोगी र मेरुदण्डको पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

दीर्घरोगीको उपचार कार्यविधि २०७८ बमोजिम नगरपालिकामा निवेदन प्राप्त ३५ जना बिरामीहरुलाई मासिक ५ हजार रुपैया उपचार खर्च उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । थालेसेमिया रोगबाट पिडित ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का ३ जना बिरामीहरुलाई मासिक औषधी उपचार खर्च ३ हजार रुपैयाका दरले नियमित उपलब्ध गराउने भएको छ ।

ठाकुरबाबा नगरपालिका भित्र चल्ने अटो रिक्साको भाडादर न्युनतम प्रती सवारी रु २०, र कालोपत्रे सडकमा ७ रुपैयाँ प्रति किलोमीटर, ग्राबेल तथा कच्ची सडकमा १० रुपैयाँ प्रती किलोमीटरका दरले निर्धारण गर्ने र इन्धनको मुल्य समायोजन हुँदा भाडादर समेत समायोजन गर्ने निर्णय नगरपालिकाले गरेको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ कि दृष्टिविहीन स्नातक अध्यनरत छात्रालाई अध्ययन कार्यमा सहजताको लागि दृष्टिविहीनले प्रयोग गर्न मिल्ने १ थान ल्यापटप प्रदान गर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरिएको पालिकाले जनाएको छ ।

तपाइको मत